२०१९ फेसबुकको लागि खतरा बन्दै

ssapana44@gmail.com' jamuna aryal
२२ पुष २०७५, आईतवार १०:३१

एजेन्सी – आगामी एक वर्षभित्रमा फेसबुकले कडा जरिवानाको सामना गर्नुपर्ने अनुमान गर्न थालिएको छ । आयरल्याण्डको डाटा प्रोटेक्सन समितिले डिसेम्बरमा फेसबुकविरुद्ध अनुसन्धान सुरु गर्न लागेको घोषणा गरेको थियो ।

यसका अलावा अन्य विभिन्न देशहरुले पनि आफ्ना नागरिकहरुका डाटा फेसबुकमा सुरक्षित नरहेको अनुभूत गरिरहेका छन् । यस्तो अनुभूतिले फेसबुकका लागि गम्भीर परिणाम ल्याउन सक्दछ ।

इन्टरनेशनल एसोसिएसन अफ प्राइभेसी प्राक्टिसनर्स (आइएपीपी) का निर्देशक केट कोलेरी भन्छन्, ‘हाम्रो मुख्य उद्देश्य यस्तो खालको गडबडीहरुलाई रोक्नका लागि सही तरिका अपनाउनु हो । यदि यसले पनि पुगेन भने हामी प्रशासनिक स्तरमा समेत जाँच गर्नेछौँ ।’

अर्को शव्दमा भन्नुपर्दा यस समितिको फैसला फेसबुकका लागि निकै महंगो सावित हुनसक्दछ ।

युरोपेली संघको जनरल डाटा सुरक्षण निर्देशिका अनुसार यदि यसमा फेसबुक दोषी देखिएमा उसले आफ्नो विश्वव्यापी आम्दानीको ४ प्रतिशत हिस्सा जरिवानाको रुपमा तिर्नुपर्नेछ ।

यस हिसाबले फेसबुकले डेढ अर्ब अमेरिकी डलर भन्दा धेरै रकम जरिवानाको रुपमा तिर्नुपर्ने हुनसक्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१