हात राम्रो र कोमल बनाउने मेनिक्योर कसरी गर्ने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०७५, आईतवार ०४:३०

आफ्नो हात राम्रो र कोमल बनाउने हरेकको चाहना हुन्छ, त्यसका लागि मेनिक्योर राम्रो उपाय हो । मेनिक्योरको खास अर्थ हात र औँलाको हेरविचार गर्ने तरिका हो । यो ल्याटिनी शब्दबाट बनेको हो । मेनिक्योरले हातलाई नरम बनाउँछ । मेनिक्योरका लागि पार्लर नै जानु पर्छ भन्ने छैन ।

यसलाई सजिलो तरिकाले घरमै गर्न सकिन्छ । यसले हातको चाउरीपनलाई ठीक पार्नुका साथै हातको थकानलाई हटाएर रिल्याक्स बनाउँछ । मेनिक्योरले हात फुट्ने समस्याबाट पनि राहत दिन्छ ।

कसरी गर्ने रु के के चाहिन्छ रु

मेनिक्योर गर्नका लागि प्लास्टिकको बाटा, प्लास्टिकको सानो कचौरा, हाइड्रोजन पेरोअक्साइड, डिटोल, ग्लिसरिन, स्याम्पु, कागतीको रस, साबुन, नुन, टाबल, नेल ब्रस, नेल पलिस रिमुभर, कपास, मसाज क्रिम, नेल फाइलर, मेनिक्योर सेट, बेकिङ सोडाको आवश्यकता पर्छ।

मेनिक्योर गर्ने तरिकामा सबैभन्दा पहिले पानी र साबुनको सहायताले हातलाई राम्रोसँग धुने र सफा टवेलले पुछ्ने । त्यसपछि नेल पलिस रिमुभरले नङमा लगाएको पालिस हटाउने । सानो प्लास्टिकको कचौरामा मन तातो पानी लिने । त्यसमा एक चिम्टी नून, एक चिम्टी बेकिङ सोडा र दुई थोपा कागती मिसाएर नङलाई तीनदेखि पाँच मिनेट डुबाउने । टवेलले नङलाई राम्रोसँग पुस्ने । त्यसपछि आफूलाई मनपर्ने आकारमा नङलाई काट्ने । सामान्यतः नङलाई गोलाकार काट्ने चलन छ तर हिजोआज फ्रेन्च नेल कट पनि चलेको छ । यस विधिमा नङलाई सीधा काट्न सकिन्छ।

त्यसपछि ठूलो प्लास्टिकको बाटामा मनतातो पानी राख्ने । त्यसमा स्याम्पु, एक चम्चा कागतीको रस, दुई बिर्को हाइडोजन पेरोअक्साइड, एक चम्चा ग्लिसरिन, एक चम्चा डेटोल र एक चिम्टी नून हालेर मिसाउने । त्यसपछि पानी राखिएको बाटामा पूरै हातलाई दसदेखि पन्ध्र मिनेटसम्म डुबाउने।

मेनिक्योर ब्रसको सहायताले पूरै हातलाई हल्का रूपमा गोलाकारमा मसाज गर्ने । हातमा फोहोर जमेको छ भने साबुन पनि प्रयोग गर्न सकिन्छ । यसरी सफा गर्दा कुइनासम्म सफा गर्नुपर्छ। चिसो पानीले पूरै हातलाई राम्रोसँग पखाल्ने र टवेलले पुछ्ने । अब नङमा पनि मसाज क्रिम लगाएर मसाज गर्ने । यदि मसाज क्रिम छैन भने मोइस्चराइजर लगाएर पनि हल्का हातले मसाज गर्न सकिन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१