भक्तपुर क्यान्सर अस्पतालले दैनिक १२ लाख आम्दानी

ssapana44@gmail.com' jamuna aryal
२१ पुष २०७५, शनिबार १७:४२

काठमाडौं – भक्तपुर क्यान्सर अस्पतालले दैनिक १२ लाख आम्दानी गरीरहेको जनाएको छ। नेपाल अर्बुद रोग निवारण संस्थाको २८ औ केन्द्रिय सभामा अस्पतालका मेडिकल डाइरेक्टर डा ऋषिकेश नारायण श्रेष्ठले दैनिक १२ लाख आम्दानी भइरहेको बताए। 

देशकै दोस्रो ठुलो र सस्तो क्यान्सर अस्पतालले अहिले अस्पतालमा उपचारका लागि भर्ना भएका गरिब बिरामीका लागि दाताको सहयोगमा दैनिक निशुल्क खानेबस्ने व्यवस्था गरेको  र अस्पताल आउने जाने बिरामीका लागि काठमाडौ र ललितपुर जानेआउने गाडीको पनि दैनीक व्यवस्था गर्दै आएको छ भने बेड चार्जपनि न्युनतम दैनीक डेढ सय  रुपैया लिने गरेको जनाएको छ।

आगामी दिनमा उपचारका लागि आधुनिक मेशीन भित्रयाएर थप गुणस्तरयुक्त सेवा दिन लागिरहेको र बंकर लगायतका सेवा थप्न लागेको अस्पतालका मेडिकल डाइरेक्टर श्रेष्ठले जानकारी दिए। अस्पताल स्थापनाको २४ बर्ष पुग्दा ४ वटा शल्यक्रिया गर्ने कक्ष स्थापना भइसकेको छ। अस्पतालमा दैनिक ५ सय बिरामी आउने मध्ये दैनीक ९ जनाको क्यान्सर पत्ता लाग्ने गरेको छ।

बर्षमा करीब ३ सय क्यान्सरका बिरामी उपचारका लागि बिदेश जाने गरेको तथ्यांक रहेको बताउदै नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले नेपालमै अब अत्याधुनिक र गुणस्तरीय क्यान्सरको उपचार हुने गरेको दाबी गरे। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१