असफलता पछि पनि रोहित निरन्तर फिल्ममा

ssapana44@gmail.com' jamuna aryal
२१ पुष २०७५, शनिबार १३:०७

रोहित सेट्ठीको निर्देशनमा तयार प्रदर्शनरत चलचित्र ‘सिम्बा’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । एक सातामा यो चलचित्रले सय करोड भन्दा बढी व्यापार गरेको छ । रणविर सिंह र सारा अलि खान यो चलचित्रको मुख्य भूमिकामा छन् । अभिनित यस फिल्मलाई हिट फिल्म मानिन्छ ।

रोहितले आफ्नो निर्देशकिय करिअर असफल फिल्म जमिनबाट सुरु गरेका थिए । उनी निर्देशित दोस्रो फिल्म गोलमाल हिट बन्यो । असफलता पछि पनि उनी निरन्तर फिल्ममा काम गरिरहेका छन् । उनले निर्देशन गरेको पछिल्लो आठ फिल्म लगातार सय करोड कमाउन सफल भएका छन् ।उनले निर्देशन गरेको गोलमाल ३ ब्लकबस्टर बन्यो ।

त्यपश्चात् उनले निर्देशन गरेको हरेक फिल्मले सफलता पाइरहेका छन् । गोलमाल ३ ले एक सय आठ करोड माथिको व्यापार गर्न सफल भएको थियो । यी बाहेक बोल बच्चन, चेन्नाई एक्सप्रेस, सिंघम रिटन्र्स, दिववाले, गोलमाल अगेन, सिम्बाले सय करोड माथिको व्यापार गरेका छन् । लगातार ८ वटा सय करोड बढी कमाउने चलचित्र दिएर उनी हिट चलचित्रको मेसिन नै बनेका छन् ।

2.2KSHARES

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१