सरकारका मन्त्रीहरु विरुद्ध षडयन्त्रहरु, जोगिएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

ssapana44@gmail.com' jamuna aryal
२१ पुष २०७५, शनिबार १३:०३

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसहित यो सरकारका मन्त्रीहरु विरुद्ध धेरै षडयन्त्रहरु भइरहेको भन्दै जोगिएर काम गर्न निर्देशन दिएका छन् । मन्त्रिपरिषदको पछिल्लो बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई होस पुर्‍याएर बोल्न र काम गर्न निर्देशन दिएका हुन् ।

वाइडबडी जहाज खरिद प्रकरणमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित बहालवाला सचिवहरुलाई दोषी ठहर गरेर लेखा समिति अन्तर्गतको उपसमितिले प्रतिवेदन बुझाएपछि ओली गम्भिर देखिएको एक मन्त्रीले बताए । यसरी हचुवाका भरमा उपसमितिले अध्यन गर्ने अनुमान आफूले नगरेको प्रधानमन्त्रीको आशय थियो ।

प्रधानमन्त्रीको भनाइ उधृत गर्दै एक मन्त्रीले भने-अहिले हाम्रोविरुद्ध निकै ठूलो षडयन्त्र भइरहेको छ । कुनै गल्ती नै नगरे पनि कहाँबाट सिध्याउने भनेर केही शक्ति र मान्छे लागेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१