अमेरिकामा धरै वर्षसम्म सरकारी कामकाज ठप्प हुन सक्ने ट्रम्पको चेतावनी

ssapana44@gmail.com' jamuna aryal
२१ पुष २०७५, शनिबार १२:५९

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा धरै वर्षसम्म सरकारी कामकाज ठप्प हुन सक्ने चेतावनी दिएका छन् । अमेरिकामा सरकारी कामकाज आंशिक रुपमा ठप्प भएको दुई हप्ताभन्दा बढी समय भइसकेको बेला राष्ट्रपति ट्रम्पयको यस्तो भनाइ सार्वजनिक भएको हो ।

डेमोक्रेट पार्टीका शीर्ष नेताहरुसँग कुराकानी गरेपछि ट्रम्पले अमेरिका र मेक्सिकोबीच बनाउने पर्खाल बनाउनका लागि संसदलाई छलेर राष्ट्रिय संकट घोषणा पनि गर्न सक्ने बताए । पर्खाल बनाउनका लागि अनुमति जबसम्म मिल्दैन, तबसम्म कुनै पनि विधेयकमा हस्ताक्षर नगर्ने घोषणा ट्रम्पले गरेका छन् ।

डेमोक्रेटिक पार्टीले पर्खालका लागि कोषलाई अनुमति दिने विषयको विरोध गर्दै आएको छ । यही गतिरोधका कारण झण्डै आठ लाख संघीय कर्मचारीहरुले गत डिसेम्बर २२ देखि तलब पाएका छैनन् । त्यसैले उनीहरुले दुई हप्ता अगाडिदेखि आंशिक रुपमा कामकाज रोकेका छन् ।

यस विवाद सुल्झाउने प्रयासस्वरुप रिपब्लिकन पार्टीबाट विजयी राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरुसँग शुक्रबार ह्वाइटहाउसमा छलफल गरेका थिए । ट्रम्पले सुरुमा छलफल निकै सकारात्मक भएको बताएका थिए । तर पछि पत्रकार सम्मेलनमा उनले धम्कीपूर्ण शैलीमा सरकारकी कामकाज लामो समयसम्म बन्द गराउन आफू तयार रहेको बताए ।

कामकाज लामो समयसम्म बन्द गराउने धम्कीको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘मलाई लाग्दैन त्यस्तो हुनेछ, यदि भइहाल्यो भने पनि म तयार छु ।’

उनले थपे, मैले जे गरिरहेको छु, त्यसमा मलाई गर्व छ । मैले यसलाई कामकाज ठप्प भएको ठान्दिनँ । अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल लगाउने काम देशको सुरक्षा र फाइदाका लागि जरुरी छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१