राष्ट्र अराजकतातिर उन्मुख भएर जाने प्रबल सम्भावना: महाप्रबन्धक कंसाकार

ssapana44@gmail.com' jamuna aryal
२१ पुष २०७५, शनिबार ०९:५९

काठमाडौं – नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले शुक्रबार आफ्नै कार्यकक्षमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भातृ संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले गरेको दुर्व्यवहारप्रति लक्षित गर्दै ट्वीटमार्फत उहाँले यस्तो बताउनु भएको हो ।

महाप्रबन्धक कंसाकारले व्यवस्थापकीय सीप प्रयोग गरी मानिसलाई समान लक्ष्य  र साझा मूल्य मान्यतामा वचनबद्ध गराउन नसक्ने हो भने कुनै पनि समूह, संस्था, दल, समाज र राष्ट्र अराजकतातिर उन्मुख भएर जाने प्रबल सम्भावना रहने बताउनु भएको छ । 

SugatKansakar@SugatKansakar

व्यवस्थापनशास्त्र मनुष्यसँग सम्बन्धित विधा हो र यो सामूहिक रूपमा कठिन/साहसिक कार्य गराउने कला हो। व्यवस्थापकीय सीप प्रयोग गरी मानिसलाई समान लक्ष र साझा मूल्यमान्यतामा वचनबद्ध गराउन सकेन भने कुनै पनि समूह, संस्था, दल, समाज र राष्ट्र अराजकतातिर उन्मुख भएर जाने प्रबल सम्भावना रहन्छ।4004:54 – 5 Jan 2019 · NepalTwitter Ads information and privacy16 people are talking about thisTwitter Ads information and privacy

महाप्रबन्धक कंसाकारलाई वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा क्रान्तिकारी युवा लिगका कार्यकर्ताले कार्यकक्षमै गएर कालोमोसो दलेर दुर्व्यवहार गरेका थिए । 

संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन समितिमा पेस गरेको थियो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१