मेलम्चीकै अवस्थामा काभ्रे उपत्यका खानेपानी

ssapana44@gmail.com' jamuna aryal
२१ पुष २०७५, शनिबार ०९:४७

बनेपा – चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको दुई वर्षभित्रमा सम्पन्न गर्ने उद्देश्यले थालिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण साढे पाँच वर्ष पुग्दासमेत सम्पन्न हुन सकेको छैन। यससँगै आयोजनासमेत महँगो बन्न पुगेको छ।

सुरु हुँदा ६७ करोड ३३ लाख रुपैयाँ लागत रहेको आयोजनामा दुईपटक भेरिएसन भएर मूल्य अभिवृद्धिकर (भ्याट)बाहेक ९९ करोड ११ लाख रुपैयाँ लागत पुगिसकेको छ। कुल लागतमा यसरी ४७ प्रतिशतले वृद्धि भएको हो। यस्तै, निर्माण अवधि तीन गुणा लम्बिएसँगै कामको परिमाणसमेत बढेकाले सुपरीवेक्षण परामर्शदातालाई सुरुको सम्झौता तीन करोड ४३ लाखको दोब्बरभन्दा बढी अर्थात सात करोड ३२ लाख रुपैयाँ आयोजनाले भुक्तानी दिनुपर्ने भएको छ। उता, डलरको भाउ वृद्धि र मूल्यवृद्धि समायोजनले थप २० करोड रुपैयाँ आयोजनाको लागत बढ्ने भएको छ।

सन् २०१३ को जुन १२ मा चिनियाँ ठेकेदार कम्पनी निङ्बो निङ्सिङ् इन्टरनेसनल, इन्कले आयोजनाको ठेक्का पाएको थियो। नेपालस्थित ठेकेदारका प्रतिनिधि किरण वैद्यले यतिखेर निर्माण कार्यलाई अघि बढाइरहेका छन्। भारतीय कम्पनी टाटा मेटालिक्सको डक्टाइल आइरन (डिआई) पाइप र अन्य पाइप पनि वैद्यकै कम्पनी एक्जिम नेपाल प्रालिले आयोजनामा सप्लाई गरेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१