झरना आफ्नी छोरीलाई ‘गुडियारानी’ भन्न रुचाउँछिन्: फोटो फिचर

ssapana44@gmail.com' jamuna aryal
२० पुष २०७५, शुक्रबार १७:४३

काठमाण्डौँ । नायिका झरना थापा छोरी सुहाना थापाको करिअरलाई लिएर चिन्तित र उत्साहित दुबै छिन् । अमेरिकामा पढिरहेकी छोरी सुहानालाई उनले आफ्नै निर्देशनमा तयार भैरहेको चलचित्र ‘ए मेरो हजुर ३’बाट डेब्यू गराउँदैछिन्

झरना थापाका अनुसार, छोरीको डेब्यू चलचित्र भएकाले उनी पहिले भन्दा अझै गम्भिर छिन् । यसपटक, सुहानालाई नेपाली चलचित्रका चल्तीका नायक अनमोल केसीले साथ दिएका छन् । अनमोल केसी र सुहानाको जोडी चलचित्रमा जोडिएसँगै चर्चा समेत पाइरहेको छ ।

झरना आफ्नी छोरीलाई ‘गुडियारानी’ भन्न रुचाउँछिन् । चलचित्रको छायांकन सकेर अहिले उनी अमेरिका पुगेकी छिन् । अमेरिकामा छोरी सुहानाका चुलबुले तस्बिर पोष्ट गर्दै झरनाले उनलाई ‘गुडियारानी’को उपमा दिएकी हुन् । सुहाना अभिनित यो चलचित्र चैत्र २९ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१