बागमती नदीमा कञ्चन पानी बगाउने बीना मगरको उद्घोष

ssapana44@gmail.com' jamuna aryal
२० पुष २०७५, शुक्रबार १७:२५

काठमाडौं । खानेपानी मन्त्री बीना मगरले बागमती नदीमा कञ्चन (सफा एवं स्वच्छ) पानी बगाउने उद्घोष गरेकी छन् । बालकुमारीको कोड्कुस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले नेपालको सभ्यतासँग जोडिएको बागमती नदीमा स्वच्छ पानी बगाउने उद्घोष गरेकी हुन् । मन्त्री मगरले बागमती नदीलाई पूरै सफा बनाइने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “बागमती सफाइको अभियान आम उपत्यकाबासी र सिंगै नेपाली जनसमुदायका लागि सरोकार र राष्ट्रिय प्रतिष्ठाको विषय हो । बागमती सफाइको बहुआयमिक महत्व छ । नेपालको प्रतिष्ठा, प्राकृतिक सुन्दरता, मानवीय सभ्यता, मानव स्वास्थ्य र जलस्रोतको उपयोगका दृष्टिले पनि बागमतीको सफाइ हाम्रो प्राथमिकतामा पर्नुपथ्र्यो र परेको छ ।”उनले थप जोड दिंदै भनिन् , “पानीका मुहान र स्रोतहरुलाई सफा राखेर मात्र हामीले मानव जीवनलाई स्वस्थ र सुन्दर बनाउन सक्छौं । यही संकल्पका साथ हामीले बागमतीलाई प्राकृतिक स्वरुपमै फर्काउने अभियानको थालनी गरेका छौं । यहाँहरु सबैको सकारात्मक चासो र हातेमालोकै कारण आज हामी बागमतीको पानी प्रशोधन गर्ने यस ऐतिहासिक दिनसम्म आइपुगेका छौं ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१