विप्लव नेतृत्वको नेकपाका ३ जना कार्यकर्ता पक्राउ

ssapana44@gmail.com' jamuna aryal
२० पुष २०७५, शुक्रबार १६:४९

काठमाडौं । काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा बस्ने व्यापारीसँग चन्दा माग्ने नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना कार्यकर्ता पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाले व्यापारीहरुसँग चन्दा माग्ने र नदिए भौतिक कारबाहीको चेतावनी दिने विप्लव नेकपाका ३ जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरीले तीनै जनलाई बिहीवार बेलुका काठमाडौंको थापाथलीबाट पक्राउ परेको हो । 

पक्राउ पर्नेमा दैलेख घर भइ विप्लव नेतृत्वको नेकपानिकट क्रान्तीकार ट्रेड युनियनका केन्द्रीय सदस्य, लोकेन्द्र राज थापा, दैलेख नै घर भइ क्रान्तीकारी ट्रेड युनियनको हाइड्रो तथा खानी शाखाको केन्द्रीय महासचिव केशव बहादुर बुढा तथा गोरखा घर भइ क्रान्तीकार ट्रेड युनियनको हाइड्रो तथा खानी शाखाको केन्द्रीय उपाध्यक्ष विकाश थापा छन् ।   

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१