रामबहादुर बम्जनको आश्रममा छापा

ssapana44@gmail.com' jamuna aryal
२० पुष २०७५, शुक्रबार १६:०४

काठमाडौं । नेपाल प्रहरीले तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो । प्रहरीका एक अधिकारीले भने, ‘आश्रममा छापा मारेका छौं, अहिले यत्ति भन्छौं ।’


बम्जनको आश्रममा खानतलासी गर्न जिल्ला अदालतले बिहीबार प्रहरीले अनुमति दिएको थियो ।

बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएको खबर हालै मात्र आएको थियो । परिवारका सदस्यहरुले पनि प्रहरीमा उजुरी दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१