यसरी पत्ता लगाउनुस थाइराइड क्यान्सर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० पुष २०७५, शुक्रबार १३:१८

  काठमाडौं । पछिल्लो समय थाइराइड रोगका बिरामी संसारभरि नै बढिरहेका छन् । खासमा थाइराइड हर्मोन शरीरलाई एकदम आवश्यक पर्छ । टाउकोदेखि खुट्टासम्म शरीरका हरेक अंगलाई यो हर्मोन चाहिन्छ ।  

थाइराइड नोडुल वा क्यान्सर

थाइराइड ग्रन्थिमा गिर्खा पलायो भन्दैमा त्यो क्यान्सर नै हुन्छ भन्ने छैन । तर, त्यसको लागि चिकित्सकको निगरानीमा बसेर फलोअफ गर्नु जरुरी हुन्छ । किनकि कतिपय त्यस्ता गिर्खा वा डल्ला पछि गएर क्यान्सरमा परिणत पनि हुन सक्छ । त्यो गिर्खालाई शल्यक्रियाबाट फाल्नुपर्ने हुन्छ ।

केही गरी थाइराइड क्यान्सर भइहाले पनि त्यो त्यति डरलाग्दो रोग भने हैन । यो निको हुने क्यान्सरमध्येमा पर्छ । तर, त्यसको पहिचान समयमा हुन जरुरी छ । कसैलाई थाइराइड क्यान्सर भए(नभएको साधारण भिडियो एक्स(रे र एफएन इसी जाँचबाटै थाहा हुन्छ । रोग पहिचानपछि यसको उपचार भनेको शल्यक्रिया नै हो । शल्यक्रियापछि पनि बिरामीले चिकित्सकको निगरानीमा बस्नुपर्ने हुन्छ ।

क्यान्सर भएको कसरी थाहा पाउने ?

कुनै पनि थाइराइडमा क्यान्सर देखा परेमा त्यसमा सुरुमा डल्लो पलाउँछ । बाहिरबाट नदेखिए पनि अल्ट्रासाउण्ड गर्दा डल्लो देखिन सक्छ । उक्त डल्लो जाँच गर्दा क्यान्सर भए नभएको पत्ता लाग्छ ।

थाइराइडका बिरामीले थाइराइड ग्रन्थिमा क्यान्सर भए नभएको पत्ता लगाउन वर्षमा कम्तीमा एक पटक थाइराइडको अल्ट्रासाउण्ड गर्नु उचित हुन्छ । थाइराइड नभएकाहरुले पनि घाँटीमा कुनै गिर्खा देखा परेमा चिकित्सकसित परामर्श लिइहाल्नुपर्छ ।

थाइराइडप्रतिको भ्रम

थाइराइडप्रति मानिसहरुमा धेरै भ्रम छ । हर्मोनको गडबडीका कारण थाइराइड रोग हुनेहरुमा निःसन्तानपनको समस्या हुने गर्छ । तर, त्यसको समयमै उपचार भएमा त्यो समस्या रहँदैन ।

थाइराइड रोगप्रतिको भ्रमकै कारण नेपालमा कयौं युवतीको थाइराइड रोगकै कारण बिहेबारीमा पनि समस्या हुने गरेको छ । सन्तान हुँदै नहुने डरले उनीहरुको बिहे नहुने गरेको छ । तर, थाइराइड रोगको उपचार समयमै भएमा अरु सामान्य युवती जस्तै थाइराइड रोग भएकाहरुमा पनि गर्भ रहने सम्भावना उत्तिकै रहन्छ ।

अर्को भ्रम छ, थाइराइड रोग लागेपछि काउली र बन्दा खान हुँदैन । जुन गलत हो । थोरै मात्रामा खाँदा त्यसले केही हानि गर्दैन ।

थाइराइडका बिरामीहरूमा औषधी सेवनबारे पनि भ्रम देखिन्छ । रोग प्रतिरोधात्मक क्षमता कम हुने बिरामीले यो रोग लागेमा जीवनभर औषधि सेवन गर्नुपर्छ भन्ने सोचाइ छ । तर, त्यस्तो हैन । यदि भाइरल इन्फेक्सनको कारण यो रोग लागेको हो भने आफै निको हुन्छ । त्यसमा औषधिको सेवन केही समयको लागि मात्र आवश्यक पर्छ ।

कतिपय थाइराइडका बिरामीलाई औषधि खानु हँुदैन भन्ने पनि भ्रम छ । यसले शरीरलाई बिगार्छ भन्ने मान्यताका कारण उनीहरु आयुर्वेदिक उपचारतिर लाग्छन् । तर, हाइपो थाइराइडिज्म कम हुने बिरामीहरुको हकमा चिकित्सकले शरीरमा कम भएको हर्मोनलाई नै औषधिको रुपमा सेवन गराइरहेका हुन्छन् । यस अर्थमा यसभन्दा प्राकृतिक उपचार केही हुँदैन ।

अर्को भ्रम छ, व्यायाम गरेमा थाइराइड रोग निको हुन्छ भन्ने । हामी स्वस्थ रहन नियमित व्यायाम जरुरी त हुन्छ । तर, थाइराइड रोगमा भने व्यायामले कुनै काम गर्दैन । किनकि यो रोग जीवनशैली र शारीरिक कसरतसँग सम्बन्धित हैन ।

कतिपयमा थाइराइडले मधुमेह नित्याउँछ भन्ने पनि भ्रम रहेको पाइन्छ । खासमा यो सत्य होइन । तर, थाइराइड रोगमा मोटोपनको समस्या हुने र मोटोपनसँगै मधुमेह पनि निम्तिन सक्ने भएकोले त्यसप्रति सजग भने हुन जरुरी छ ।

त्यस्तै, कति मानिसलाई थाइराइड जटिल रोग हो भन्ने पनि भ्रम छ । तर, यो साधारण रोग हो, नियमित औषधि सेवनले निको हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१