हाम्रो यादहरु किन तलमाथि भइरहन्छ ?

ssapana44@gmail.com' jamuna aryal
१९ पुष २०७५, बिहीबार १८:४५

कति कुरा चाहेर पनि भुल्न सकिदैन । कति चाहँदा चाहँदै पनि याद गर्न सकिंदैन । याद गरे पनि कुनै घटना सम्झदा लाग्छ, यो त धेरै पहिलेको घटना हो । जबकी कुनै-कुनै घटना हालैमा घटे जस्तो मात्र लाग्छ।  जबकी त्यो घटना घटेकै २/४ वर्ष भैसकेको हुन्छ ।

आखिर, हाम्रो यादहरु यति धेरै किन तलमाथि भइरहन्छ ? हामी आफ्ना यादहरुलाई किन नियन्त्रणमा राख्न सक्दैनौ ?

जन्मदै सबै कुरा याद हुँदैन

महाभारतमा एउटा घटना भएको थियो । अभिमन्युले गर्भमा छँदै चक्रव्युह भित्र कसरी पस्ने भन्नेबारे थाहा पाइसकेका थिए । अभिमन्यु पेटमै रहेका बेला धनुधर अर्जुनले यसको भेद उनकी गर्भवती आमालाई बताएका थिए ।

महाभारतका अनुसार चक्रव्युहको बारेमा उनले आमाको गर्भमा छँदै यो भेद आफ्ना बुवाबाट थाहा पाएका थिए । तर उक्त चक्रव्युहबाट बाहिर कसरी निस्कने भन्नेबारे उनलाई जानकारी थिएन । किनकी अर्जुनले यसको पनि उपाय बताइरहँदा उनकी आमा भने मस्त निद्रामा थिइन् ।

महाभारतमा उल्लेख गरिएको यो प्रसंगले पनि पुष्टि गर्छ, गर्भमा छँदा पनि बच्चाहरुलाई धेरै कुरा याद हुन्छ ।

एक स्पेशिन कलाकार साल्वाडोर डैलीले पनि यो कुरालाई प्रस्ट पार्दै एउटा किताबमा लेखेका थिए, मेरा पाठकलाई पहिलेको कुरा कत्तिको याद छ, त्यो बेग्लै हो । तर मलाई मेरो विगतको प्रत्येक कुरा याद छ, जुन मलाई हिजोकै घटना जस्तो लाग्छ’ ।

उनले उक्त किताबमा आफ्नो मनोभावना पोख्नु एउटा कुरा होला । तर यर्थाथ के हो भने  प्रत्येक मानिसलाई जन्मने वित्तिकैको याद खासै स्मरण हुँदैन । र, जन्मनु पहिलेका कुनै कुरा स्मरणमा राख्नु पनि खासै सम्भव हुँदैन । किनकी गर्भमा रहदाँ शिशुको मस्तिष्क यति धेरै विकसित भैसकेको हुँदैन कि उसलाई त्यसबेलाको सबै घटना याद होस् ।

त्यतिमात्र हैन, जन्मने वित्तिकै पनि शिशुको दिमाग पूर्णतया विकास  हुनमा समय लाग्ने गर्छ । परिणामस्वरुप, हामीमध्य धेरैलाई बाल्यकालको धेरै कुरा याद रहँदैन । र, बाल्यकालको कुरा याद भन्ने भन्ने व्यक्तिलाई पनि आˆनो बाल्यकालमा के भएको थियो भन्ने खासै याद रहँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१