रेशम चौधरीलाई सपथ खुवाउन किन बाध्य भयो सरकार ?

ssapana44@gmail.com' jamuna aryal
१९ पुष २०७५, बिहीबार १८:३६

काठमाडौँ – कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद रेशम चौधरीले अन्ततः निर्वाचित भएको एक वर्षपछि सपथ लिएका छन् । गएको वर्ष मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा निकटतम प्रतिष्पर्धीलाई झण्डै २१ हजार मतान्तरले पछि पार्दै चौधरी निर्वाचित भएका थिए।

चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी रहेका तत्कालीन एमाले–माओवादीको वाम गठबन्धका उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत मात्र ल्याउनुभएकाे थियाे। निर्वाचनमा विजयी हुँदै गर्दा चाैधरी भने भूमिगत थिए । भूमिगत रुपमा नै चुनाव लडेका चाैधरीलाइृ कैलालीका नागरिकले ठूलो मतान्तरले जिताइदिए।

२०७२ भदौ ७ गते थरुहट प्रदेशको माग गर्दै कैलालीको टीकापुरमा भएको आन्दोलनले हिंसात्मक मोड लिँदा एकजना प्रहरी अधिकारीसहित आठजनाको ज्यान गएको थियो । आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार चौधरी रहेको तत्कालीन समयमा प्रहरीले गठन गरेको अनुसन्धान समितिले प्रतिवेदन बुझाउँदै चौधरीमाथि मुद्धा चलायो ।

घटनालगत्तै चौधरी फरार रहँदै आएका थिए । २०७४ मंसिरमा प्रतिनिधिसभाको चुनावको मिति तोकिएपछि चौधरी चुनाव लडेर आफूमाथि लागेको आरोपको खण्डन गर्ने तयारीमा जुटे । कैलाली क्षेत्र नम्बर १ थारु बाहुल्य क्षेत्र रहेकाले स्थानीयले उनलाई चुनावमा खुलेरै सहयोग गरे । राष्ट्रिय जनता पार्टीबाट चुनाव उठेका उनले प्रतिस्पर्धीलाई भारी मतले हराए ।

चुनावमा उम्मेद्वार बन्ने, चुनाव जित्ने तर चुनाव जितिसकेपछि चुनाव जितेको प्रमाणपत्र पाउन र सपथ लिनबाट भने चौधरी बञ्चित बने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१