श्रीमानद्वारा श्रीमतिमाथि एसिड प्रहार

ssapana44@gmail.com' jamuna aryal
१९ पुष २०७५, बिहीबार १३:३३

चितवन – भरतपुर महानगरपालिकामा श्रीमानले नै श्रीमतिमाथि एसिड प्रहार गरेका छन्। वडा २४ को ध्रुव्रमा रहेको माइतीमै बसेकी २० वर्षीया डोल्मा रुम्बालाई उनका ४६ वर्षीय श्रीमान वीरेन गुरुङले एसिड प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर २९ को आदर्शनगर बस्ने गुरुङ चितवन आएर बुधबार श्रीमतिमाथि एसिड प्रहार गरेका हुन् । बुधबार गाडीमा तीन जना साथीसहित आएर दिउँसो करीब साढे ३ बजेतिर उनले डोल्मामाथि एसिड प्रहार गरेका थिए।

एसिड प्रहारबाट डोल्माको अनुहारमा चोट पुगेको छ। घाइते डोल्माको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घटना लगत्तै प्रहरीले घटनामा संलग्न चार जनालाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।

पक्राउ पर्नेमा श्रीमान वीरेनसँगै पोखरा महानगरपालिका वडा नम्बर १ का वीरेन्द्रमान गुरुङ, पोखरा १० का ३९ वर्षीय होम थापा र २४ वर्षिय बिबेक गुरूङ रहेका छन्। पोखराबाट ल्याएको गाडी ग१य ५४३ नम्बरको गाडीमा भाग्दै गर्दा उनीहरुलाई प्रहरीले नारायणगढको लायन्सचोकबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१