यस्तो छ सलमान खान अविवाहित हुनुको कारण

ssapana44@gmail.com' jamuna aryal
१९ पुष २०७५, बिहीबार १३:१०

काठमाडौं । बलिउड स्टार सलमान खानको विवाहको चर्चा उनको जन्मदिन तथा नयाँ वर्षको शुरुवातसँगै चुलिने गरेको छ । यसपटक पनि सलमान खानको विवाहको चर्चा चुलिएको छ । यसपटक भने उनले विवाह नगर्नुको कारण सार्वजनिक भएको छ ।

उनले एक भिडियो सार्वजनिक गर्दै आफ्नो विवाह नहुनुको कारण बताएका हुन् । उनले उक्त भिडियोमा सञ्जय दत्तको कारण आफ्नो विवाह नभएको बताएका छन् । भर्खरै मात्र सलमान खान ‘द कपिल शर्मा शो’को नयाँ सिजनमासामेल भएका छन् । उनले सञ्जय दत्तको अवस्था देखेपछि आफूले विवाहको सोच नबनाएको बताएका छन् ।

सलमान खानले एकपटक सञ्जय दत्तले आफूलाई विवाहको सल्लाह दिँदै गर्दा उनकी श्रीमतीको फोन आएको र आफूलाई त्यहीँ छाडेर उनी घर भएको भन्दै सञ्जय दत्तप्रति व्यंग्य पनि गरे ।
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१