महिला प्रहरीलाई जबर्जस्ती गर्ने प्रहरी जवान लाई जेल चलान

ssapana44@gmail.com' jamuna aryal
१९ पुष २०७५, बिहीबार १३:०६

कपिलवस्तु ।  तीन महिनाअघि महिला प्रहरीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान भरत वलीलाई जेल चलान गरिएको छ । 

जिल्ला अदालतको फैसला अनुसार प्रहरी जवान वलीलाई साढे ३ वर्ष कैद सजाय र उनबाट १० हजार रुपैयाँ क्षतिपूर्ति भराई पीडित महिला प्रहरीलाई दिन आदेश भएको प्रहरी नायव उपरीक्षक रवि रावलले बताउनुभयो । 

न्यायाधीश लोकजंश शाहको एकल इजलासले मुलुकी अपराध संहिता २०७४ अनुसार सजाय तोकेको जिल्ला अदालतका श्रेस्तेदार डिल्लीराज शर्मा अर्यालले बताउनुभयो । गएको असोज २० गते राति सवा १० बजे प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान हाल बासगढी नगरपालिका–८, बर्दियाका (साविक दउडाकल गाविस–५ का २२ वर्षीय भरत वलीले महिला प्रहरीलाई जबर्जस्ती करणीको प्रयास गरेका थिए । 

तौलिहवा बसबार्क क्षेत्रमा डेरामा बस्दै आएकी ३१ वर्षीया महिला प्रहरी अफिसपछि आफनो कोठाको नलमा पानी चलाएर कोठामा जाने क्रममा वलीले ती महिला प्रहरीलाई समातेर जबजस्ती कोठामा लगी करणी गर्न खोजेपछि  महिला प्रहरीले प्रतिकार गरेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर १०, २०८१