यसरी गरौं जाडोमा छालाको स्याहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ पुष २०७५, बिहीबार ०४:१५

जाडोमा गर्मी महिनाभन्दा छालालाई अझ बढी स्याहार गर्नुपर्ने हुन्छ। जाडोमा चिसो स्याँठले छालाको सुख्खापन बढाउँछ।
राम्ररी स्याहार नगरे छाला सुख्खा भइ फुट्ने अनि एलर्जी हुने समस्या देखिन्छ। यसै सन्दर्भमा छालाको हेरचाह कसरी गर्नेरु भन्ने हाम्रो प्रश्नमा नेपाल कोरिया स्किन हस्पिटलका वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डा.सञ्जुबाबु श्रेष्ठको टिप्सः
क्लीनजीङ
मुहारको सौन्दर्य जाडोमा पनि कायम गर्न क्लीनजीङ गर्नुपर्छ। क्लीनजीङले अनुहारको सबै फोहोर हटाउँछ र कोमल बनाइराख्न मद्धत गर्छ। क्लीनजिङ गर्दा राम्रो क्लीनजिङ मिल्कको प्रयोग गर्नुपर्छ। बिस्तारै मसाज गर्दे क्लीनजिङ गर्नुपर्छ। क्लीनजिङ गरिरसकेपछि मनतातो पानीले अनुहार धुुनुपर्छ। जाडो मौसममा छालालाई धेरै सुख्खा हुन नदिन मनतातो पानीको प्रयोग गर्नुपर्छ।

मोस्चराइजरको प्रयोग
मनतातो पानीले अनुहार , हात खुट्टा धोइसकेपछि अनिवार्य रुपमा मोस्चराइजरको प्रयोग गर्नु जरुरी छ। यसको तैलीय तत्वले छाला फुट्नबाट रोक्छ। आफूसित हरदम मोस्चराइजर राख्नुपर्छ। अझ एकदम सुख्खा छाला हुनेले त बिर्सनै हुँदैन। कोहीलाई मोस्चराइजरले पनि एलर्जी हुन्छ। एलर्जी नहुने खालको मोस्चराइजरको प्रयोग गर्नुपर्छ। नरिवलको तेल, एभाकाडोको तेल, ओलिभ ओइल आदिको प्रयोगले छालालाई कोमल राख्न सहयोग गर्छ।

सनब्लकको प्रयोग
जाडोमा प्राय घाम तापिन्छ त्यसले छाला डढाउनुका साथै पोतो पनि ल्याउँछ। जाडो महिनामा पनि सनब्लकको प्रयोग अनिवार्य गर्नुपर्छ। चिसो धेरै हुँदा टोपी अनि पञ्जाको प्रयोग पनि छुटाउनुहुँदैन। हात र खुट्टालाई राम्ररी छोप्नुपर्छ।

स्क्रब
हप्ताको एकचोटी स्क्रब गर्दा फाइदा गर्छ। स्क्रब गर्दा पनि धेरै नरगड्ने। यसले झन् छाला सुख्खा र रातो बनाउँछ। हल्का तरिकाले मसाज गर्र्दै छालाको फोहोर निकाल्नुपर्छ। स्क्रबले छालामा भएको मृतकोषिकाहरु हटाइ कोमल बनाउँछ। साबुन अनि फेसवासहरु पनि राम्रो कम्पनीको लिनुपर्छ।

उचित खानपान
जाडोमा त्यति पानी खाइँदैन। धेरैको रुचि चिया ,कफिमा जान्छ। तर जाडो महिनामा चल्ने हावाले छाला रुखो बनाउने हुनाले पानी पिउन जरुरी छ। जिउ हाइड्रेट हुन जरुरी छ। मनतातो पानीको प्रयोग गर्न सकिन्छ। खानामा ओमेगा–३ फ्याटी एसिडको मात्रा बढाउनुपर्छ जस्तै माछा, सागपात हरु प्रशस्त खानुपर्छ। यसले छालाको सौन्दर्यमा धेरै लाभ मिल्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१