गर्भतवीलाई उपचार शुल्कमा ५० प्रतिशत छुट सुविधा हटाइयो

ssapana44@gmail.com' jamuna aryal
१८ पुष २०७५, बुधबार १२:३०

रोल्पा । रोल्पामा उल्टै आधारभूत सेवासमेत कटौती गर्न थालेका छन्। नयाँ काम केही गर्न नसकेका यहाँका जनप्रतिनिधिहरूले पुराना राम्रा अभ्याससमेत अनुशरण गर्न सकेका छैनन्। रोल्पा जिल्ला अस्पतालले गर्भतवीलाई उपचार शुल्कमा ५० प्रतिशत छुट सुविधा हटाइएको हो। पहिलेको अस्पताल विकास समितिले बसालेको यो व्यवस्था अहिलेको नयाँ समितिले हटाउने निर्णय गरेपछि कमजोर आर्थिक अवस्थाका महिला मर्कामा परेका छन्। आर्थिक अभावका कारण गर्भजाँचमा दिँदै आएको छुट सुविधा कटौती गर्न बाध्य भएको अस्पतालले जनाएको छ ।

राजनीतिक नियुक्तिबाट तोकिने अस्पताल विकास समितिको अध्यक्ष अहिले जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढालाई बनाइएको छ। उनकै अध्यक्षतामा बसेको बैठकले अस्पताल सञ्चालनका लागि रकम अपुग भएको भन्दै गर्भवतीको उपचारमा दिने गरिएको ५० प्रतिशत छुट कटौती गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१