विश्वास गर्नै नसकिने संसारका १० मानिसः यस्तो अद्भुत क्षमता कहिले देख्नुभएको छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ भाद्र २०७१, बिहीबार ०७:१४

(एजेन्सी)– हामी फिल्म, टेलिफिल्म या कुनै कार्टुनमा हिरोको भूमिका जसले निभाएको छ उसलाई नै राम्रो तरिकाले हेर्ने र उनीहरुले पर्दामा अपनाएका कुराहरु अपनाउँन प्रयास गर्छाैँ । यसो गर्नाले हामीले आफू पनि त्यहि हिरोजस्तै भएको महसुस पनि गर्छौैैँ । तर पर्दामा जुन कुरा देखाएको छ त्यो त ती व्यक्तिले क्षणीक भरका लागि मात्र गर्ने कुरा हो । तर हाम्रा अगाडि वास्तविक जीवनका हिरोहरु भएता पनि हामी तिनिहरुलाई चिन्न सकिरहेका हुँदैनौ या हामीलाई उनीहरुको बारेमा थाहा नै हुँदैन । आज हामी तपाईंलाई ती व्यक्तिहरुको बारेमा बताउँदै छौँ, जसको बारेमा थाहा पाउँदा तपाईंलाई पक्कै पनि अचम्म लाग्नेछ ।

१. द आई पपिङ्ग म्यानः क्लाडिया पिन्टो

 क्लडिया पिन्टोले आफ्नो दुबै आँखालाई ४ सेन्टिमिटर अथवा डेढ इन्चसम्म बाहिर निकाल्न सक्दछन् । अबको उनको लक्ष्य यो क्षेत्रमा विश्व रेकर्ड बनाउनु हो । पिन्टोलाई थुप्रै डाक्टरहरुले उपचार गरिसकेका छन् र आफ्नो रिपोर्टमा भनेका छन् कि उनीहरुले यस्तो तरिकाका अरु मानिसहरु न देखेका छन् न यस्ता व्यक्तिहरुको बारेमा सुनेका नै छन् । पिन्टो भन्छन्, ‘पैसा कमाउने यो एकदमै सजिलो उपाय हो । यो भगवानले दिएको एउटा राम्रो उपहार हो मेरो लागि । ’

२. द म्याग्नेटिक म्यानः लिउ थो लिन


लिउ थो लिन मलेसियाका ७० वर्षीय सेवानिवृत कन्ट्रैक्टर हुन् । उनी त्यति बेला चर्चामा आए जब उनले आफूले छातीमा लगाएको फलामको चेनको सहायताले एक कारलाई २० मिटरसम्म आफूतर्फ खिँचे । उनले भने कि उनको शरिरमा चुम्बकीय क्षमता विद्यमान छ । यसलाई साबित गर्नका लागि उनले कारलाई आफूतर्फ तानेर पुष्टि गरे । उनका तीन छोराहरु र दुई नातिहरुमा यो गुण भएको उनी बताउँछन् । यसरी यो एक वंशाणुगत गुण भएको छ ।


३. द रबर ब्वाईः ड्यानियल ब्राउनिङ स्मिथ

द रबर ब्वाई नाम दिइएका ड्यानियल ब्राउनिङ स्मिथको नाम पाँच पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा राखिएको छ । उनी दुनियाँको सबैभन्दा लचिला व्यक्ति हुन् । उनले थुप्रै व्यवसायिक बास्केटबल र बेसबल खेलमा आफ्नो प्रतिभा देखाइसकेका छन् ।

४. किंग टुथः राथाकृष्णन वेलू

मलेशियाको ५० औँ स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राथाकृष्णन 

वेलू (स्थानीय मानिसहरु उनलाई राजा गीगीको नामबाट बढि परिचित छन्) ले आफ्नै वल्र्ड रेकर्ड तोडे । उनले पुरानो क्वालालाम्पुर रेलवे स्टेसनमा ६ डब्बा भएको २९७.१ टनको ट्रेनलाई २.८ मिटरसम्म दाँतले अगाडि बढाए । मलेसियाको ट्याम्पिनमा बस्ने किंग टूथले एक भारतीय गुरुसँग १४ वर्षको अवस्थामा शरिरको कुनै पनि भागको शक्तिहरुलाई एउटै स्थानमा केन्द्रित गर्ने विद्या सिकेका थिए ।


५. कहिले नसुत्ने व्यक्तिः थाई जक
६४ वर्षीय थाई जकलाई सन् १९७३ मा एकचोटी ज्वरो आएको थियो र त्यसपछिको ११,७०० रातमा उनलाई कहिल्यै निन्द्रा लागेन । उनी भन्छिन्, ‘ मलाई थाहा छैन कि अनिन्द्राले मेरो शरिरमा कुनै प्रकारको हानी पुर्याइरहेको छ । म एकदम स्वस्थ छु र सामान्य व्यक्तिले जस्तै सबै काम गर्नसक्छु । ’ उनी प्रतिदिन ५० किलोको दुईवटा ब्याग बोकर चार किलोमिटरस हिँड्ने गर्दछन् । उनकी श्रीमतीका अनुसार डाक्टरहरुले जाँचिसकेपछि उनको फोक्सोमा केहि परिवर्तन भएता पनि उनलाई कुनै पनि समस्या नभएको उनी बताउँछिन् । उनी बिहानदेखि बेलुकासम्म आफ्नो फार्म हाउसमा सुँगुर र कुखुराहरु हेर्ने गर्दछन् ।

६. मिस्टर इट इट अलः मिसेल लोटिटो


मिसेल लोटिटोको जन्म सन् १९५० मा भएको थियो । उनी एक फ्रेन्च इन्टरटेनर हुन् । उनको प्रसिद्धि यस्ता वस्तुहरु खाने गर्नाले भएको हो जसको बारेमा कसैले सोच्न पनि सक्दैन । अचम्म के छ भने, उनलाई यस्ता चिजहरु खान कहिले समस्या नै भएन । उनी साइकल, टेलिभिजन, मेटल, ग्लास, रबरसहित कुनै पनि वस्तुहरु चपाउने गर्दछन् । यहाँसम्म कि उनले विषालु खानेकुरा खाँदा पनि उनलाई केहि समस्या हुँदैन । सन् १०६६ देखि उनले यसको सार्वजनिक तरिकाले प्रदर्शन गर्न सुरु गरेका थिए ।
७. द टर्चर किंग ( टिम क्रिडल्यान्ड)


टिम क्रिडल्यान्डलाई अरु मानिसहरुजस्तो पीडा हुँदैन । उनी आफ्नो घाँटीमा कुनै पीडाबिना तीखो कुराहरु छिराउने गर्दछन् र यसलाई देख्ने मानिसहरु आश्चर्यचकित हुने गर्दछन् । उनी आफ्नो यो कलाको प्रदर्शनी अमेरिकामा घुमी घुमी गर्दछन् । वैज्ञानिकहरुको उपचारबाट यो सिद्ध भइसकेको छ कि टिम अरु मानिसहरुभन्दा निकै पीडा सहन सक्छन् । यसका लागि उनले एनाटोमीको पूरा अध्ययन गरिरहेका छन् किनभने नशाहरुमा तिखो बस्तुहरु घुसाउनु निकै खतरनाक साबित हुनसक्छ ।

८. द लायन ह्विस्परः केविन रिचार्डसन

पशु विशेषज्ञ केविन रिचर्डसन सिंह, बाघ, चितुवाजस्ता भयानक जनावरहरुसँग बिना कुनै डर मस्त सुत्ने गर्दछन् । यो निकै डरलाग्दो काम हो, थोरै गल्ती गर्नाले पनि ज्यान जानसक्छ तर रिचार्डसनले यो काम निकै सफलतापूर्वक गर्ने गर्दछन् ।


९. ध्वनीलाई देख्ने व्यक्तिः बेन अन्डरवुड
बेन अन्डरवुड जब तीन वर्षका थिए तब एक क्या

न्सरकाले गर्दा उनले आफ्नो दुबै आँखा गुमाउनु पर्यो । यसका बाबजुद उनी बास्केटबल खेल्ने गर्दछन्, साइकल चलाउँछन् र एक सामान्य मानिससरहको जीवन व्यतित गर्दछन् । उनले आफूभित्र आवाजको गति पत्ता लगाउने क्षमताको विकास गरेका छन् र आज उनी कसैको मद्दत बिना नै विश्वको भ्रमण गरिरहेका छन् । उनी विश्वभरिमा एक्ला व्यक्ति हुन् जसले इको लेकेशनलाई त्यसरी नै थाहा पाउँछन् जसरी डल्फिनले थाहा पाउँछ ।


१०. अतुल्य दिमागः ड्यानियल पल टेम्मेट
ड्यानियल पल टेम्मेट ब्रिटेनका गणित विशेषज्ञ हुन् । उनलाई जन्मजात मिर्गी रोग लागेको थियो । यसका बावजुद उनी गणितीय गणणामा सधैँ शीर्षस्थानमा छन् । गणितीय गणना, सिक्वेनस मेमोरी र प्राकृतिक भाषाको बारेमा उनलाई निकै जानकारी छ । उनी सधैँ केहि नयाँ गर्दछन् । १०,००० सम्मका अंक उनको दिमागमा युनिक सेपजस्तै बसेको छ ।
उनी थुप्रै भाषाहरुको जानकार हुन् । अंग्रेजी, फ्रेन्च, फिनिस, जर्मन, स्पेनिश, लिथुआनियाईरोमानियाई, एस्टोनियाई, आइसल्यान्ड, वेल्स र एस्पेरान्तो धाराप्रवाह बोल्ने गर्दछन् । उनी कुनै पनि भाषा निकै कम समयमा सिक्ने गर्दछन् । एकपटक च्यानल ५ को च्यालेन्ज गर्दै उनले आइसल्यान्डको भाषालाई एक हप्ताभित्र सिके र जब उनले आइसल्यान्डको भाषा विशेषज्ञसँग कुराकानी गरे तब उनको भनाई थियो – यी मानव होइनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१