नारायणगढ-बुटवल सडकखण्ड चार लेनमा विस्तार, माघ पहिलो हप्ताबाट काम शुरु

ssapana44@gmail.com' jamuna aryal
१७ पुष २०७५, मंगलवार १२:०२

काठमाडौं । पुसको अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने तयारी गरिएको नारायणगढ-बुटवल सडकखण्ड चार लेनमा विस्तार गर्ने काम माघको पहिलो हप्ताबाटै सुरु हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यायातमन्त्री रघुवीर महासेठका अनुसार यही खण्डबाट पूर्व-पश्चिम राजमार्ग चार लेनको बनाउने काम सुरु हुनेछ । बुटवल-नरायणगढ सडकखण्ड दुई वटा प्याकेजमा विस्तार गरिँदैछ ।

दुबै प्याकेजमा चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले जिम्मा पाएको छ । सडक विभाग अन्तरगतको एडीबी सडक निर्देशनालयले कम्पनीसँग गत पुस ४ गते नै आयोजनाका लागि सम्झौता गरिसकेको सडक विभाग अन्तरगतका आयोजना निर्देशनालय (एडीबी)का उपआयोजना निर्देशक सुरेश पौडेलले जानकारी दिए ।

यो आयोजनामा प्राविधिक रुपमा सफल भएका ७ वटा कम्पनीहरु अन्तिम प्रतिस्पर्धामा थिए । जमा सबैभन्दा कम रकम बोलकबोल गर्ने कम्पनीले नै निर्माणको जिम्मा पाएको छ ।

चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्याकेज-२ अन्तरगतको ठेक्का ७ अर्ब ८६ करोड रुपैयाँमा हात पारेको छ ।

यस्तै प्याकेज-१ मा ९ अर्ब १३ करोड रुपैयाँमा उसैले ठेक्का पाएको छ । पहिलो चरणमा ९ कम्पनीले बोलपत्र हाले पनि २ वटा कम्पनी प्राविधिक मूल्यांकनमा असफल भएका थिए ।

विभागका अनुसार यो सडक खण्डकोे विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । र, विस्तृत इन्जिनियरिङ सर्भेको काम पनि भईकसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१