जनवरी १ तारिख, टोपी दिवस !

ssapana44@gmail.com' jamuna aryal
१७ पुष २०७५, मंगलवार ११:२६

काठमाडौं । जनवरी १ तारिख । टोपी दिवस । अंग्रेजी नयाँ वर्षको रौनकमा विश्व डुबिरहँदा विश्वभर नै छरिएर रहेका नेपालीहरुले त्यही नयाँ वर्षमा टोपी लगाएर टोपी दिवस मनाउँछन् । पछिल्ला केही वर्षदेखि टोपी बचाउ अभियान पनि यसमा समेटिएको छ । 

विशेषगरी युवाहरुले टोपी दिवसमा ढाकाको टोपी ढल्काएर एकतावद्ध भएर हिंड्छन् । यतिसम्मकि टोपी पुरुषलेमात्र लगाउने भए पनि महिलाले समेत टोपी लगाएर ऐक्यवद्धता जनाएको पाइन्छ । 

युवाहरुले व्यक्तिको परिचय नागरिकता भएजस्तै राष्ट्रको परिचय ढाका टोपी भएकोले यसलाई बचाउनतर्फ सबैको ध्यान केन्द्रित गराउँदै आएका छन् । 

जागरुक युवा अभियान नेपालले केही वर्षदेखि यो अभियान चलाउँदै आएको छ । 

शताब्दीऔं देखि प्रयोग भैरहेका टोपीहरुको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको छ । 

नेपालमा भने सन् २००८ देखि मनाउन थालिएको हो । नेपालमा अझै पनि युवाले टोपी लगाउँदा हेर्ने नजर फरक छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१