ट्याक्सी भाडादर वैज्ञानिक बनाउन सरकारसँग माग

ssapana44@gmail.com' jamuna aryal
१६ पुष २०७५, सोमबार १८:२०

काठमाण्डौँ । ‘सार्वजनिक यातायात (ट्याक्सी) सुधारका लागि साझा पहल’ नामक अभियानले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेको छ । आइतबार एक पत्रकार सम्मेलन गरेर राज्य, उपभोत्ता र ट्याक्सी चालकहरूबीचमा देखिएको द्वन्द्व न्यूनीकरण गर्न साझा पहलको सुरुवात गरेको जानकारी दिइएको हो ।

अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष राजेन्द्र शर्माले सरकारले ट्याक्सी व्यवसायीमाथि दण्डित गरेर यस क्षेत्रको सुधार गर्न खोज्नु मुर्खता भएको टिप्पणी गरे । “ट्याक्सी व्यवसायीका बारेमा मानिसहरू किन भ्रमित छन् ? किन डराउँछन्, ? ट्याक्सीको नजिक पुग्दा अनेकन कुराहरू सोच्न थाल्छन् ?,” उनले भने, “ट्याक्सी चालकले भोगिरहेको जीवनको वास्तविकता के हो ? यसका आन्तरिक र बाह्य कारणको अनुसन्धान गरेर यस क्षेत्रमा सुधार ल्याउनुपर्छ ।” उनले ट्याक्सी चालकहरूले पनि आफ्नो व्यवहारमा सुधार गर्नुपर्ने बताए ।

कार्यक्रममा लोकतान्त्रिक यातायात मजदुर संगठनका अध्यक्ष भरत गुरुङले २०६९ सालको ट्याक्सी भाडादरलाई परिमार्जन गर्न सरकारलाई सुझाव दिए । उनले ट्याक्सी चालकलाई ठगी करार गरेर सरकारले हाम्रो सम्मानमाथि आँच पु-याउने काम गरेको आरोप लगाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१