चैतसम्म तीन हजार निरक्षरलाई साक्षर बनाउने

ssapana44@gmail.com' jamuna aryal
१६ पुष २०७५, सोमबार १२:४१

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा शुरु भएको साक्षरता अभियानका लागि आवश्यक पर्ने शैक्षिक सामग्री सहजकर्तालाई हस्तान्तरण गरिएको छ । चैत महिनाभित्र तीन हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्यअनुसार गाउँपालिकाका छवटै वडामा खटिने १०० सहजकर्तालाई रु १४ लाख मूल्य बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । 

आइतबार गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष इस्तियाकअहमद शाहले सहजकर्तालाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष शाहले गाउँपालिकालाई औँठाछापबाट मुक्त बनाउन साक्षरता अभियान शुरु गरिएको बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१