बंगलादेशको प्रधानमन्त्रीमा फेरि पनि शेख हसिना

ssapana44@gmail.com' jamuna aryal
१६ पुष २०७५, सोमबार १२:२१

काठमाडौं । बंगलादेशमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग भारी बहुमतसहित विजयी भएको छ । संसदको ३५० मध्ये २८१ सिटमा हसिनाको पार्टी अवामी लीगले जितेको छ । विपक्षी दल जम्मा सात सिटमा विजयी भएको छ ।

बंगलादेशमा आइतबार निर्वाचन भएको थियो । निर्वाचनबाट हसिना लगातार तेस्रो कार्यकालका लागि चुनिएकी छन् । हसिनाको पार्टी अवामी लिग सन् २००८ देखि नै बंगलादेशको सत्तामा छ ।

प्रमुख प्रतिपक्षी दलले भने परिणाम अस्वीकार गरेको छ । विपक्षी दल बंगलादेश नेशनल पार्टी (बीएनपी)ले चुनावमा सरकारले धाँधली गरेको आरोप लगाएको छ ।

बीएनपीका नेता कमाल हुसेनले निर्वाचन परिणामलाई हास्यास्पद भन्दै निष्पक्ष सरकार गठन गरी पुनः मतदानको माग गरेका छन् । उनले बीबीसीसँग भनेका छन्, ‘निर्वाचन आयोगसँग हाम्रो आग्रह छ, यो हास्यास्पद नतिजा अमान्य घोषणा गरियोस् र जतिसक्यो छिटो एक निष्पक्ष सरकारको रेखदेखमा फेरि चुनाव गराइयोस् ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१