बिहे गर्ने पर्फेक्ट उमेर कुन हो ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ पुष २०७५, सोमबार ०४:२६

काठमाडौं । बिहे भनेको दुई मानिसको मिलन मात्र होइन, यहाँ धेरै जिम्मेवारीहरू पनि उठाउनुपर्ने हुन्छ । त्यसैले मानिसले बिहे गर्नुअघि धेरै तयारी गर्छन् अनि नयाँ जिम्मेवारीका लागि आफूलाई तयार पार्छन् । उमेरै नपुगी जोशमा बिहे गर्नेहरूको सम्बन्ध प्रायः लामो समय टिक्दैन ।

हालै जारी गरिएको एक प्रतिवेदन अनुसार बिहेका लागि २९ वर्ष पर्फेक्ट हुन्छ । यही उमेरमा बिहे गर्नु सबभन्दा राम्रो हुन्छ । यही उमेरमा तपाईं शारीरिक र मानसिक रूपमा नयाँ सम्बन्धका लागि तयार हुनुहुन्छ ।

यतिखेरै तपाईंका शरीरमा नयाँ खाले परिवर्तन आइरहेका हुन्छन् । महिलाहरू पनि ठ्याक्कै यही उमेरमा आमा बन्न तयार हुन्छन् ।

२९ वर्षको उमेरमा तपाईंको करीयर पनि स्थापित भएको हुन्छ ।

अनि यतिबेला तपाईं आफ्नो जीवनसंगीको राम्रो र नराम्रो पक्ष छुट्याउन सक्ने हुनुहुन्छ । यसरी छुट्याउने विवेक पलाउँदा तपाईंको बिहे लामो समयसम्म चल्छ ।

२९ वर्षमा बिहे गर्ने पुरुष र महिला दुवै वयस्क भइसकेका हुन्छन् । एकअर्कालाई बुझ्न उनीहरू समर्थ हुन्छन् । यो बिहे पारपाचुकेमा टुंगिने सम्भावना न्यून हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१