कट्रिना आफ्नो हरेक निर्णयमा सलमानको सल्लाह लिन्छिन्

ssapana44@gmail.com' jamuna aryal
१५ पुष २०७५, आईतवार १७:०६

हिजोआज कट्रिना आफ्ना हरेका निर्णय सलमान खानसँग सल्लाह लिएर मात्रै गर्ने गर्छिन् । 

अहिले सार्बजनिक खबरहरुका अनुसार अभिनेत्री कट्रिना केफले सलमान खानका लागि यसअघि साइन गरिसकेको फिल्म ‘एबिसीडी ३’ बाट हात झिेकेकी छिन् ।

चर्चित कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाको डान्समा आधारित फिल्म ‘एबिसीडी’को तेस्रो संस्करणमा अभिनेता बरुण धवन मुख्य भूमिकामा हुनेछन् ।
यस फिल्ममा बरुणका साथमा कट्रिनाको समेत प्रमुख भूमिका रहने बताइए पनि यस फिल्मबाट कट्रिना केफ अचानक बाहिरिएपछि यो चर्चाको विषय बनेको छ । 

कट्रिना केफले रेमो डिसुजाको फिल्म ‘एबिसीडी ३’ सलमान खानको ‘भारत’ का लागि छोडेकी हुन् । फिल्म ‘भारत’ को छायाँकनमा व्यस्त भएका कारण कट्रिनाले यो निर्णय लिएको बताइएको छ । 

कट्रिनाले आफू यस फिल्मलाई समय दिन नसक्ने भन्दै फिल्मबाट बाहिरिने निर्णय लिँदै ‘एबीसीडी ३’ को सफलताको शुभकामना दिएकी छिन् । 

धरुण धवनको मुख्य भूमिका रहने फिल्म ‘एबीसीडी ३’ मा भारतका चर्चित कोरियोग्राफर प्रभु देवा, डान्सर धर्मेश, राघव जुयाल र पुनीत पाठक पनि मुख्य भूमिकामा देखिनेछन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१