नयाँ प्रधानन्यायाधीशबारे निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक जारी

ssapana44@gmail.com' jamuna aryal
१५ पुष २०७५, आईतवार १५:१९

काठमाडौं । नयाँ प्रधानन्यायाधीशको टुंगो लगाउन संसदीय सुनुवाई विशेष समितिको बैठक बसिरहेको छ । 

सिंहदरवारस्थित संसद सचिवालयमा जारी बैठकमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको संसदीय सुनुवाई हुनेछ। सुनुवाइको लागि राणा बैठकमा उपस्थित भएका छन्। उनले त्यहाँ आफ्नो भावी कार्ययोजना र उजुरीबारे जवाफ दिने छन्।

राणाका विरुद्ध समितिमा ९ वटा उजुरी परेका छन्। सुनुवाईमा राणाले आफूविरुद्ध परेका उजुरीको जवाफ दिने र त्यसका आधारमा उनलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय गरिनेछ। समितिले यसअघि शुक्रबार उजुरीकर्ताहरुसँग छलफल गरिसकेको छ।

राणालाई संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१