पाकिस्तानमा प्रेस स्वतन्त्रतामा कटौती शुरु

ssapana44@gmail.com' jamuna aryal
१५ पुष २०७५, आईतवार १५:११

इस्लामाबाद। प्रेस स्वतन्त्रताको वकालत गर्दा सैन्य तानाशाहद्धारा नियन्त्रणमा लिइएका, यातना दिइएका तथा कैद गरिएका पत्रकारहरुले पाकिस्तानमा फेरि प्रेस स्वतन्त्रतामा कटौती शुरु गरिएको महसुस गर्न थालेपछि आन्दोलित हुन थालेका छन्। 

सुरक्षा तन्त्रको अगुवाईमा भईरहेको उक्त कार्य आवरणमा पहिलेभन्दा कम नियन्त्रणकारी देखिएपनि झन् डरलाग्दो रहेको उनीहरुको भनाई छ। पत्रकार तथा प्रेस स्वतन्त्रताको पक्षमा वकालत गरिरहेका अधिकारकर्मीहरुले सेना तथा आईएसआई लगायतका खुफियातन्त्रहरुले सञ्चार गृहहरुलाई संवेदनशील समाचारहरु दबाउन दबाव दिने गरेको बताउँछन् । 

यसैबीचमा नवनिवार्चित सरकारले निजी छापा तथा टेलिभिजन च्यानलहरुलाई विज्ञापन दिनका लागि ठुलो राशीको बजेट छुट्याएको छ। प्रत्यक्ष सैन्य शासन र त्यसपछिका पनि शासनहरु  देखेका पाकिस्तानका एक अग्रज पत्रकार गाजी सलाउद्दीन प्रेसमाथि अहिलेको अंकुश पहिलेभन्दा पनि खतरनाक रहेको बताउँछन्। 

अहिले के छाप्दा उनीहरुको टाउको दुखाई बन्छ भने हामिलाई थाहा नै हुँदैन, गाजी बताउँछन् ‘त्यही भएर धेरैजसो कुरामा उहाँहरुले आफैमाथि अंकुश लगाउनुहुन्छ जुन की पहिलेभन्दा पनि खराब स्थिति हो ।’

अफगानिस्तानको सिमा नजीक भईरहेको जनजाति समुदायको आन्दोलन विरुद्धको सैन्य दमनबारे समाचार छाप्दा अमेरिकी सहायतामा चलिरेहेको उर्दु भाषाको एक वेबसाइट भ्वाइस अफ अमेरिकालाई बन्द गरियो । 

रेडियो फ्री यूरोप र रेडियो लिबर्टीसँग सम्बद्ध मशाल रेडियोलाई पनि बन्द गरियो । सन् २००८ को मुम्बई आक्रमणमा आतंकवादीहरुलाई पाकिस्तानी सेनाले सहयोग गरेको भन्दै भुतपुर्व प्रधानमन्त्री नवाज सरीफले दिएको अर्न्तवार्ता छापेकाले पत्रकार सिरिल अलमिदामाथि देशद्रोहको आरोप लगाइयो । पाकिस्तानी अधिकारीहरुले ट्वीटर र फेसबुकलाई पनि हजारौं अकाउण्टहरु बन्द गर्न अनुरोध पठाएको छ।

पाकिस्तानी सुरक्षातन्त्रमाथि आलोचनात्मक विचार राख्ने एक स्तम्भकार एवम् पत्रकार ताहा सिद्दिकीको आईएसआईद्धारा हत्या गर्ने प्रयास भएपछि उनी देश छाडी फ्रान्स बस्न बाध्य भए । 

त्यस्को ७२ घण्टाभित्रै ट्वीटरले उनको पोष्टहरुले पाकिस्तानी कानुनको उल्लंधन गरेको भन्दै उनको ह्याण्डल बन्द गर्यो। सेना तथा सुरक्षातन्त्रहरुले लोकतान्त्रिक प्रक्रियाले निवार्चित सरकारमाथि नियन्त्रण गर्न खोजेको प्रयासहरुका बारेमा समाचार लेख्दा पत्रकार मतिउल्लाहमाथि राज्यविरोधीको लेबल लगाइयो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१