गुरुङ समुदायले आइतबार ‘ल्होसार’ पर्व मनाउँदै

ssapana44@gmail.com' jamuna aryal
१५ पुष २०७५, आईतवार १०:५०

काठमाडौं ।  गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आइतबार ल्होसार’ पर्व मनाउँदैछ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । 

यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मगते यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा तामाङ्ग र शेर्पा समुदायले यो पर्व मनाउने गरेका छन् । 

तमु ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा कार्यक्रम गरिँदैछ । यस्तै गुरुङ्ग जातीको बसोबास रहेका देशका विभिन्न ठाउँ र विदेशमा पनि यो पर्वका अवसरमा कार्यक्रम गर्ने गरिन्छ । तमुल्होसारको अवसरमा शुभकामना दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाउन मद्दत गरेको बताउनुभएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१