अष्ट्रेलियाको भारतसंग टेष्ट क्रिकेटमा लज्जास्पद हार

ssapana44@gmail.com' jamuna aryal
१५ पुष २०७५, आईतवार १०:३८

काठमाडौं । अष्ट्रेलियाले भारतसंग टेष्ट क्रिकेटमा घरमै लज्जास्पद हार बेहोर्न वाध्य भएको छ । मेलबर्नमा भएको तेस्रो टेष्ट क्रिकेटमा भारत १३७ रनले जित आफ्नो पक्षमा पार्न सफल भयो । 

Despite failing to wrap up victory on day four, India remain on course for a 2-1 series lead

३९९ रनको टार्गेट पछ्याएको अष्ट्रेलियाले २६१ रनमै घुँडा टेक्यो । प्याट कमिन्सले ६३ रन बनाए सर्वाधिकका रुपमा । 

Pat Cummins (left) and Nathan Lyon ended day four unbeaten as Australia made India wait

जसप्रित बुमराह र रविन्द्र जडेजाले ३–३ विकेट लिए । 

IndvsAus Series: India vs Australia match in Melbourne Indian Cricket Team beat Australia by 137 runs

यसअघि भारतले ४४३ रन बनाएर ७ विकेटको नोक्सानीमा इनिङ समाप्ति गरेको थियो । अष्ट्रेलिया १५१ रनमै अलआउट भयो । जसप्रितले ६ विकेट लिए । 

जवाफमा फलोअन गर्न नदिएर भारतले आफै ब्याटिङ गर्यो । हतारमा खेलिरहँदा भारतले १०६ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । 

तर दोस्रो इनिङमा अष्ट्रेलियाले केही सुधारको लक्षण ल्याए पनि लय पकड्न सकेन । 

यो शानसहितको जितले भारतले ४ खेलको सिरिजमा २–१ को अग्रता बनाउन सफल भएको छ । 

चौथो टेष्ट सिड्नीमा ३ तारिखदेखि सुरु हुनेछ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१