कांग्रेस नेता बिष्टले दिए डोटीका दुई गाउँपालिकालाई एम्बुलेन्स

ssapana44@gmail.com' jamuna aryal
१४ पुष २०७५, शनिबार १५:४७

डोटी । डोटीको जोरायल तथा बडीकेदार गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

दुई वटा गाउँपालिकामा एम्बुलेन्स नहुँदा स्थानीयवासी छिटो स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएको भन्दै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा डोटी जोरायल गाउँपालिका ५ गड्सेराका स्थानीय आनन्द बिष्टले दुईवटा एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।

२२ लाख रुपैयाँमा दुईवटा एम्बुलेन्स हस्तान्तरण गरिएको कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बिष्टले जानकारी दिनुभयो । ‘एम्बुलेन्स नहुँदा नागरिकलाई समस्या भयो भन्ने जानकारी पाएकाले मैले आफ्नै पहलमा दुई वटा एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरेको छु’, उहाँले भन्नुभयो, ‘बिरामी नागरिकले छिटो अस्पतालसम्म पुगेर सेवा पाउनेछन् भन्ने आश गरेको छु ।’

बिष्टले जोरायल गाउँपालिकामा शुक्रबार एक कार्यक्रमका गरी एम्बुलेन्स हस्तान्तरण गर्नु भएको थियो भने अर्को बडीकेदार गाउँपालिकाको एम्बुलेन्स शनिबार गाउँपालिकाकै कार्यालय खड्यौलीमा पुगेर हस्तान्तरण गर्नु भएको हो । 

डोटी जोरायल गाउँपालिका ५ गड्सेरका स्थायीवासी रहनु भएका कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बिष्ट अमेरिका बस्नुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१