यस्तो महत्वपूर्ण प्रविधिको विकासमा लागि परेका छन् चीन र अमेरिका

ssapana44@gmail.com' jamuna aryal
१४ पुष २०७५, शनिबार १४:४४

काठमाडौं । पछिल्लो समय चीन र अमेरिका एक महत्वपूर्ण प्रविधिको विकासका लागि अघि बढिरहेका छन् । यो प्रविधिको नाम हो – साइन्स अफ क्वान्टम इन्फरमेसन (सीआईसी) । अमेरिकाको राष्ट्रिय विज्ञान एवं टेक्निक परिषद्ले गत वर्षको सेप्टेम्बरमा यसका लागि एक रणनीति अघि सारेको थियो ।

यसका लागि केही कम्पनीहरु, शिक्षाविद् अधिकारवादी, वित्तीय कम्पनीहरुलाई ह्वाइट हाउस बोलाइएको थियो । जसमा अल्फाबेट, आईबीएम, जेपी मोर्गन चेज, लकहीड मार्टिन, हनिवेल र नोथ्रोप ग्रुम्यानजस्ता कम्पनीहरु पनि सामेल थिए । 

विज्ञानको यो क्षेत्रमा अमेरिकाले १ सय १८ योजनामा २४ करोड ९० लाख डलर खर्चको प्रस्ताव अघि सारेको थियो । त्यसैगरी चीनले पनि यो प्रविधिको विकास गरिरहेको छ । त्यसका लागि उसले १० अर्ब डलरको लगानीमा हेफेईमा नेशनल ल्याब्रेटरी अफ क्वान्टम साइन्स नामको केन्द्र स्थापना गर्दैछ । यो केन्द्र २०२० देखि सुरु हुने बताइएको छ । 

दुई वर्ष अगाडि नै चीनले पहिलो क्वान्टन कम्युनिकेसन स्याटेलाइट प्रक्षेपण गरेको थियो । गत वर्ष चीनले जिनानमा एक गोप्य कम्युनिकेसन नेटवर्क स्थापना गर्ने घोषणा गरेको थियो । सेना, सरकार र निजी कम्पनीहरुसँग जोडिएका २०० सम्म प्रयोगकर्ताहरुले यसको प्रयोग गर्नसक्ने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१