फिलिपिन्समा ६.९ रेक्टरको भूकम्प

ssapana44@gmail.com' jamuna aryal
१४ पुष २०७५, शनिबार ११:०२

काठमाडौं । फिलिपिन्समा ६.९ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार, शनिबार बिहान ११ः३९ बजे भूकम्प गएको हो । भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी दिइएको छ ।

दक्षिणी फिलिपिन्सको पोन्डागुइटननजिकै केन्द्रबिन्दु भएर ६.९ को भूकम्प गएको बताएको छ । भूकम्पको धक्का मिन्डाओ, डाभाओलगायतमा क्षेत्रमा महसुस भएको बताइए पनि मानवीय तथा भौतिक क्षतिबारेको विवरण आइनसकेको सीएनएनले जनाएको छ ।

सीएनएनका अनुसार, अमेरिकाको प्यासिफिक सुनामी वार्निङ सेन्टरले सुनामीको खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१