मेगा बैंकले शेयरधनीलाई बोनस शेयरसहित ७ दशमलव ८५ प्रतिशत लाभांश वितरण

ssapana44@gmail.com' jamuna aryal
१३ पुष २०७५, शुक्रबार १४:५८

काठमाडौं । मेगा बैंकले शेयरधनीलाई बोनस शेयरसहित ७ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल कायम चुक्ता पुँजीको ६.८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५ सय ७० रुपैँया ५९ पैंसा नगद लाभांश दिन लागेको हो। यसैगरी, चुक्ता पुँजीको १.००२३३ प्रतिशले हुन आउने १० करोड ३० लाख ९४ हजार ८ सय ७५ रुपैँया ८० पैसा बोनस शेयर दिन लागेको बैंकले जनाएको छ। 

बैंकका अनुसार वित्तीय विवरणको आधारमा वितरणयोग्य नाफाको प्रतिशत दोहोरो अङ्कमा देखिए पनि नेपाल वित्तीय प्रतिवेदन मान बमोजिम वित्तीय विवरण तयार गर्दा नाफाको हिस्सा जगेडा तथा कोषहरु सार्नु परेकोले ७.८५ प्रतिशत मात्र लाभांश हुन आएको हो।

टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जरबाट प्राप्त शेयर स्वाप आदानप्रदान बापतको पुँजीगत कोष १० करोड ५ लाख ३० हजार ९ सय ९५ रुपैँया र बाँकी २५ लाख ६३ हजार ८ सय ८१ रुपैँया सोही मर्जरबाट प्राप्त शेयर प्रिमियम रकम नगद लाभांश मार्फत दिन नमिल्ने भएकोले बोनस शेयरको रुपमा मात्र वितरण गर्न सकिने हुँदा चुक्ता पुँजीको १ दशमलव ००२३३ प्रतिशल प्रस्तावित बोनस शेयर छुट्टाइएको हो ।
 
वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१