जाडोमा अनुहारको सुन्दरता कायम राख्ने ६ सरल उपायहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०७५, शुक्रबार ०५:११

जाडोमा हाम्रो छाला सुख्खा भइ फुट्ने डर हुन्छ । अनुहारको सुरक्षा नगरिएको खण्डमा अनुहार रातो हुने, फुट्ने, फुस्रो हुने र अनुहारको छालाका सेलहरु मरी अनुहारमा चाउरी देखिन पनि सक्दछ । अतः यस्ता समस्याबाट मुक्ति पाउनका लागि अनुहारको राम्रो सुरक्षा गर्नु पर्दछ । यस सम्बन्धमा सुन्दरता विज्ञहरुले दिएका केही सुझावहरु अवलम्बन गर्नुहोला –

टिप्स १. डोबाट बच्नाको लागि हिटर लगाएर सुत्ने वा हिटर ताप्ने गर्नाले छाला सुख्खा हुन जान्छ । यदि हिटर नै लगाउनु छ भने पानीको बाफ निकाल्ने खाल्का हिटरहरु प्रयोग गर्ने वा ह्युमिडिफायरको प्रयोग गर्नु पर्दछ । यसरी सुत्ने कोठामा वाफ आउने ब्यवस्था गर्न सकिएमा विहान उठ्दा अनुहार र छालामा कुनै खरावी आउँदैन ।

टिप्स २.अनुहारमा मोइस्चराइजर लगाउनु भन्दा पहिला skin oil प्रयोग गर्ने । यस्तो तेलको विकल्पमा अनुहार सुख्खा हुन नदिने जेल वा सेरम लगाउनु पर्दछ । त्यसपछि मात्र मोइस्चराइजर प्रयोग गर्नु पर्दछ ।

टिप्स ३.कपालको रौँलाई सुख्खा हुन नदिन हप्ताको एक पटक अन्डा, मह, एभोकार्डो र दुधको पेष्ट बनाइ कपालमा लगाउँदा जाडो मौसममा रौँको सुन्दरता घट्न पाउँदैन ।

टिप्स ४.जाडो महिनामा प्यास कम लाग्ने हुनाले शरिरमा पानीको मात्र कम हुन गई छालामा समस्या देखिन सक्छ । त्यसैले पहिलो उपाय त धेरै पानी पिउनु नै हो । जाडोमा air-condition प्रयोग गर्नेले त झन धेरै पानी पिउनु पर्दछ ।

टिप्स ५.ओठको सुरक्षा गर्ने । जाडोमा ओठ फुट्ने समस्याले धेरै सताउने गर्दछ । त्यसैले ग्लस, लिप गार्ड, लिपिस्टिक, आदि प्रयोग गर्नु पर्दछ ।

टिप्स ६.जाडोमा ह्याटको सट्टा मफलर, स्कार्फ, पछ्यौरा, हेडविन आदिले कपालको सरक्षा गर्न सकिन्छ ।

माथि उल्लेख गरिएका कुराहरु मात्र गर्न सकेमा जाडो महिनामा आउन सक्ने सुन्दरता सम्बन्धि समस्याहरु सजिलै हल गर्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१