नेपालको इतिहासमा सबैभन्दा धेरै विदेशी पर्यटक घुम्न आए

ssapana44@gmail.com' jamuna aryal
१२ पुष २०७५, बिहीबार १६:२९

काठमाण्डौँ – पर्यटकीय ठाउँको दृष्टिबाट हेर्ने हो भने नेपाल पहिलो नम्बरमा आउँछ । सन् २०१८ मा नेपालकै इतिहासमा सबैभन्दा धेरै संख्यामा विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । हुन पनि सन् २०१८ सकिनु एक महिनाअघि नै १० लाख १ हजार ९ सय ३० विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेको तथ्यांक प्रकाशित भएको छ ।

निश्चय नै यसले नेपाल सरकार र नेपाली पर्यटनको विभिन्न क्षेत्रमा लागेका पर्यटन व्यवसायीहरूलाई खुसी तुल्याएको छ ।


यसले गर्दा नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउनका लागि गरेको घोषणा र तयारीलाई थप बल पुग्ने आशा गर्नेतर्पm अभिपे्ररित गर्छ । हुन त निराशावादी कुरो गर्नु मात्रै राम्रो होइन । तर, त्यसरी निराशावादी कुरो नगरौं भन्दाभन्दै पनि बाँकी दुई वर्षमा एकैचोटि लगभग डबलको संख्यामा कसरी विदेशी पर्यटक नेपाल घुम्न आउलान् ? प्रश्न छँदैछ । कुरो नचपाई भन्नुपर्दा हालकै पूर्वाधार विकासको आधारमा भन्ने हो भने, वार्षिक २० लाख विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउन अलि गाह्रै पर्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भिœयाउने लक्ष्यसहित सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भिœयाउने लक्ष्यलाई पूरा गर्न आग्रह गरिसकेका छन् । 

यसरी सरकारले अन्य उद्योगसरह पर्यटन उद्योगलाई पनि मान्यता दिएपछि भने पर्यटन व्यवसायमा लागेका व्यवसायीले सरकारबाट धेरै आशा र अपेक्षाहरू गरेका छन्, जुन स्वाभाविक पनि हो । खासमा त्योअनुसारको ऐन, नियम, विनियमहरू भने बनिसकेको देखिँदैन । यसरी ऐन, नियम, विनियमहरू बनेमा पर्यटन व्यवसायीहरूले सरकारबाट विभिन्न सहुलियत, सेवा, सुविधालगायतका ‘लोयल्टी’हरू पाउने आधारहरू तयार हुन्छ । यो अपेक्षित र स्वाभाविक पनि छ । नेपाली पर्यटनलाई टेवा दिन र मजबुत बनाउन सरकारले यस्तो सहुलियत, सेवा, सुविधा लगायतका ‘लोयल्टी’हरू दिनुपर्छ । 


निश्चय नै पर्यटनको कुरो गर्दा प्रायः सबै देशका लागि नभई नहुने अनि पहिलो र सर्व स्वीकार्य आवश्यकता भनेकै भौतिक पूर्वाधारको विकास हो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१