घाँटीमा दश हड्डी भएका विश्वका एकमात्र मान्छे (फोटोफिचर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ भाद्र २०७१, बुधबार १९:३८
मानिसको मेरुदण्डमा हुने हाडमध्ये घाँटीको खण्डमा ७ वटा हड्डी हुन्छन् । तर १५ वर्षका एक चिनिया किशोरको घाँटी १० वटा हाडले बनेको छ ।३ वटा थप हाड समेत जोडिएका कारण उनको घाँटी असामान्य रुपमा लामो छ, जसका कारण उनले निकै दुख तथा हैरानी खेपिरहनुपरेको छ ।
१५ वर्षीय फु वेंगुइ चीनको बेइजिङका बासिन्दा हुन् । घाँटीमा बढि हड्डी भएका कारण हड्डीले नशालाई चेपेर निकै दुख्ने र हिँडडुल गर्न समेत गाह्रो हुने समस्या रहेको उनका बुवा फु जेनयोउ बताउँछन् ।फु ६ वर्षको छँदा नै उनलाई करङको आकार विकृत रहेको र कन्जेनिटल सोलियोसिस भन्ने रोग रहेको कुरा पत्ता लागेको थियो । यो रोगका कारण मेरुदण्डका हाड राम्रोसँग बनेका हुँदैनन् । गर्भावस्थामा भ्रुण विकाश हुने पहिलो छैटौँ हप्ता भित्रैमा यदि भ्रुणकेा विकाशमा हुने समस्याले यस्तो अवस्था सिर्जना गर्दछ ।
निकै लामो घाँटीका कारण ठूलै समस्या झेल्नुपरेपछि र हिँडडुल र कामकाज गर्न नसक्ने स्थिति आएपछि अब फु ले सर्जरी गरेर घाँटीको आकार घटाउने तयारीमा छन् ।बेइजिङको एक च्यारिटी संस्थाको सहयोगमा चाओयांग अस्पतालमा उनको शल्यक्रियाको तयारी भैरहेको छ ।फु भन्छन्, ‘मेरो एक मात्र आशा भनेको मेरो घाँटी सामान्य होस् भन्ने हो ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१