चुरोट पिउन रुचाउने नेपाली कलाकारहरु

ssapana44@gmail.com' jamuna aryal
१२ पुष २०७५, बिहीबार १६:०७

काठमाण्डौँ । फिल्मभित्र त कलाकारले चुरोट पिएको दृश्य दर्शकले प्राय जसो देखिरहेका हुन्छन् । तर वास्तविक जीवनमा भने उनीहरुको वास्तविकता धेरै कमलाई मात्र थाहा हुन्छ ।केही नेपाली कलाकारहरु रिल लाइफमा मात्रै होइन रियल लाइफमा पनि उत्तिकै चुरोटप्रेमी छन् । सार्वजनिक रुपमै चुरोट पिउने सेलिब्रेटीहरु कम होलान् तर लुकीलुकी चुरोट पिउने कलाकार भने धेरै छन् । आज हामीले यो सामग्रीमा चुरोट पिउने १५ कलाकारको बारेमा चर्चा गर्दैछौँ ।

भुवन केसी : अभिनेता भुवन केसी जति कोशिस गर्दा पनि चुरो तान्न छोड्न नसकेको बताउँछन् । उनले सार्वजनिक रुपमै आफू धूमपानप्रेमी भएको स्वीकार गरेका छन् ।

रेखा थापा : रेखा थापा अर्की लोकप्रिय अभिनेत्री हुन्, जसको चुरोट पिउने नराम्रो बानी छ । उनी साथीभाइसँगको भेटघाटमा मदिरा पिउँदिनन् तर चुरोट नभई हुँदैन । सार्वजनिक कार्यक्रममा पुग्दा पनि उनी गोप्य ठाउँ खोजेर चुरोट सल्काउन थालिहाल्छिन् ।

साम्राज्ञीराज्य लक्ष्मी शाह : अहिलेकी हिट अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको पनि चुरोट पिउने लत छ । पत्रकारलाई अन्तरवार्ता दिन पुग्दासमेत उनी चुरोट नलिई बस्न नसक्ने चर्चा फिल्मवृत्तमा छ ।

सुषमा कार्की : अभिनेत्री सुषमा कार्की पनि ‘चुरोट प्रेमी’ अभिनेत्री हुन् । उनलाई पनि दिनमा पटक–पटक चुरोट पिउनु पर्छ । उनको यो बानी पनि पत्रकार र उनका साथीभाइहरुबाट लुक्न सकेको छैन ।

ज्योति मगर : लोकगीतमा विकृति भित्र्याएको भन्दै ज्योति मगरले केही वर्ष खुबै गाली खाइन् । उनलाई संस्कृति बिगारेको भन्दै धेरैले नानाभाँती भने । गाली गरे । छाडा गायिकाको उनाम पनि दिए । तर उनी आफ्नै पाराले अगाडि बढ्दै गएकी छिन् । ज्योति पनि चुरोट प्रेमी हुन् । उनको यो बानी पनि कसैसँग पनि लुक्न सकेको छैन ।

निश्चल बस्नेत : उता निर्देशक निश्चल बस्नेतलाई पनि चुरोटको सर्कोसँग गहिरो प्रेम छ । उनले यो प्रेमलाई त्यति सहजै छोड्न सक्ने संकेत देखिँदैन ।

आयुष्मान देशराज जोशी श्रेष्ठ : अभिनेता आयुष्मान देशराज जोशी श्रेष्ठ पनि चुरोट एकदमै धेरै सल्काउँछन् । उनको यो काममा उनकी प्रेमी तथा हुनेवाला श्रीमती प्रियंका कार्कीले साथ दिन्छिन् । प्रियंकाले भने खुलेआम अहिलेसम्म चुरोट सल्काएको देखिएको छैन । तर पनि उनी ‘लुकीलुकी’ चुरोट पिउँछिन् ।

सौगात मल्ल : नेपाली फिल्ममा सशक्त अभिनेताका रुपमा चिनिने सौगात मल्ल पनि चुरोट प्रेमी हुन् । उनलाई पनि अन्य खाने कुराजस्तै चुरोट नभई नहुने एउटा खानेकुरा बनेको छ ।

विपिन कार्की : उता अभिनेता विपिन कार्कीले पनि आफूलाई यो लतबाट टाढा राख्न सकेका छैनन् । विपिन कार्की पनि चुरोट असाध्यै सल्काउँछन् ।

सलोन बस्नेत : अभिनेता सलोन बस्नेत र अभिनेत्री करिष्मा श्रेष्ठ अहिले प्रेममा छन् । यी दुईले एकसाथ काम गरेको सिनेमा ‘बाबु कान्छा’ केही समयअघि प्रदर्शनमा आएको थियो । तर सिनेमाले सोचेजस्तो सफलता हात पार्न भने सकेन । जे होस् यी दुईको सम्बन्ध भने कायमै छ । र, यी दुवै चुरोट पिउन रुचाउँछन् । दुवै सँगै बसेर चुरोटको सर्को तान्छन् ।

शिल्पा पोखरेल : त्यस्तै सार्वजनिक रुपमै चुरोट पिउने अभिनेत्रीमा पर्छिन् शिल्पा पोखरेल । उनले विभिन्न ठाउँमा पत्रकारहरुकै अगाडि चुरोट पिएको पाइएको छ ।

अनुप विक्रम शाही : अभिनेता अनुप विक्रम शाही पनि अर्का चुरोट प्रेमी कलाकार हुन् । उनले केही पटक सार्वजनिक कार्यक्रममा पत्रकारहरुका अगाडि नै चुरोट पिएका छन् ।

सविन श्रेष्ठ : त्यस्तै अभिनेता सविन श्रेष्ठ पनि ‘सिगरेट लभर’ हुन् । उनी पनि चुरोटको सर्कोबिना रहन सक्दैनन् ।

माला लिम्बु : अभिनेत्री तथा आईटम गर्ल माला लिम्बु पनि चुरोट प्रेमी हुन् । केही समय अघि मात्रै उनले एक कार्यक्रममा देखाएको चुरोट मोहपछि उनको यो बानीको खुलासा भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, कार्तिक २६, २०८१