मिश्रले मनिषालाई वैकल्पिक पार्टीमा भूमिका निर्वाह गर्न आग्रह

ssapana44@gmail.com' jamuna aryal
१२ पुष २०७५, बिहीबार १५:३४

काठमाडौं । पोखरामा हालै सम्पन्न साहित्यिक महोत्सवमा सहभागी साहित्यकार , राजनीतिज्ञदेखि कलाकारसम्म थिए ।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र अभिनेत्री मनिषा उक्त महोत्सवमा उपस्थिीत थिए । मिश्रले फेसबुकमा मनिषासँगको फोटो सेयर गर्दै भेटघाटको प्रसंग उल्लेख गरेका छन् । आफूले मनिषालाई वैकल्पिक पार्टीमा भूमिका निर्वाह गर्न आग्रह गरेको उनले जानकारी दिएका छन् छन् ।

‘मनिषा जी, तपाईंमा राजनीतिक रगत छ, वैकल्पिक पार्टी निर्माणमा ठोस भूमिका निर्वाह गर्नुभयो भने त्यसको देशव्यापी असर कस्तो पर्ला एकपटक गम्भीरतापूर्वक विचार गरिदिनोस । मनिषा कोइरालासँग पहिलोपटक राम्ररी भेट हुँदा यति नभनिरहन सकिनँ,’ फेसबुकमा उनले लेखेका छन् ।

यसमा मनिषाले कस्तो जवाफ दिइन् भन्ने चाहिँ उनले बताएका छैनन् । हामीले उनीसँग यस विषयमा प्रश्न गर्दा पनि मिश्रले बताउन चाहेनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१