ए डिभिजन लिग : च्यासल र एपीएफको बराबरी

ssapana44@gmail.com' jamuna aryal
१२ पुष २०७५, बिहीबार १४:५६

काठमाडौं – पल्सर शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा १० खेलाडीमा झरेको च्यासल युथ क्लब र  एपीएफ क्लबले १ – १ गोलको बराबरी खेलेका छन् । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा च्यासलले  एक गोलको अग्रता जोगाउन सकेन । खेलको ३० औँ मिनेटमा सन्तबहादुर गुरुङले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । विश्व अधिकारीले प्रहार गरेको बल एपीएफका सन्तोष कुमार कटवालले गोललाइनबाट बचाएपनि रिबाउण्डमा सन्तले गोल गरेका थिए ।

खेलको ४१ औँ मिनेटमा एपीएफले पेनाल्टी पाएपनि उसका सुदिप शिख्राकारको प्रहार च्यासलका गोलकिपर दिनेश थापाले बचाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१