आफन्तको शवको हड्डी खाने जाति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ भाद्र २०७१, बुधबार १९:३४
सृष्टिको रचना संगै संसारमा जीवन र मरण धु्रव सत्य कुरा हो ।
जन्म लिएर संसारमा आउने मान्छेको एक दिन मृत्यु पनि अवश्य हुन्छ । मानिस जन्मदा र मर्दा सबै मानिस धर्म जातजाति तथा क्षेत्रका आधारमा संस्कार फरक फरक हुन्छन् ।

मानिसको स्वभाव नै हो कि मानिस जन्मदा खुशी हुने र मर्दा दुःखदुखी हुने । अधिकांश मानिसहरु आफन्तको मृत्यु हुदा ज्यादै दुखि हुने गर्दछन् । र मरेपछि मोक्ष प्राप्त होस भन्दै बिभिन्न संस्कारहरु गर्ने गर्दछन् । यस्तै ब्राजिलमा पाउने एक यामोनामी नामको जातिको मृत्यपछि संस्कार छुट्टै किसिमको छ अझ भनौ  अचम्मै लाग्ने खालको छ । उनिहरुले आफ्ना नजिकका आफन्तजनको मोक्ष प्राप्तीका लागि भन्दै अचम्मको घिनलाग्दो संस्कार गर्दछन् ।

यो संस्कार अनुसार उनिहरु आफ्ना आफन्तजनको मृत्युपछि शवको हड्डीको एक परिकार बनाएर खाने गर्दछन् । यामोनामी जातीका आफन्तको जब मृत्यु हुन्छ उनिहरु अन्तिम संस्कार स्वरुप मृतकका आफन्त नातेदारहरु शवको हड्डी खाने गर्दछन् । उनिहरु शव गाड्दैनन् बरु जलाउछन् । शव जलेपछि बचेका सबै हड्डीहरु जम्मा पारेर एक ठाउँमा जम्मा गरेर राख्ने गर्दछन् । मृत्यपछिको पहिलो चाडका बेला सबै नातेदारलाई बोलाएर भोजको आयोजना गर्छन । त्यहि भोजमा एक बिशेष परिकारका रपमा ती हड्डीहरु खाने गर्दछन । यसरी आफन्तजनको शवको हड्डी खाएपछि उनिहरु आत्माले मोक्ष पाएको विश्वास गर्ने गर्छन ।
यसो गर्न सकेनन् भने आत्मा भड्केर दुःख दिने उनिहरुको विश्वाश छ । यो जातीका आफन्तको अज्ञात अवस्थामा मृत्यु भयो र उनिहरुले यसरी हड्डी खान पाएनन् भने उनिहरु सधैभरी डराउने गर्दछन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१