बलिउडका चर्चित नायक गोविन्दाकी छोरी नर्मदा एक नाम नजुराइएको चलचित्रबाट बलिउडमा प्रवेश गर्दैछिन् । छोरीको बलिउड प्रवेशलाई नायक गोविन्दाले महत्वका साथ हेरेका छन् ।
हालै मात्र संचारमाध्यमसँग कुरा गर्दै उनले चलचित्रको माग अनुसार छोरीले काम गर्दा आफूलाई आपत्ती नहुने बताए । उनले भने-’बलिउड आफैमा ग्ल्यामरको दुनियाँ हो । चलचित्रको माग अनुसार छोरीले चुम्बन र बेडसिन गर्दा मलाई कुनै आपत्ती छैन ।’रोमान्टिक दृश्य बलिउडको एक पाटो भएको भन्दै उनले छोरीलाई यस्तो खुल्लापन दिने छनक देखाएका हुन् । ‘यदि छोरीलाई यस्तो दृश्य गर्दा कुनै असहजता महशुश हुँदैन भने, मलाई पनि हुँदैन’, गोविन्दाले भने ।
प्रतिक्रिया