डिसहोमका १५ लाख ग्राहक, सरकारलाई बुझायो ४ अर्ब राजस्व

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७५, बिहीबार ०४:३३

काठमाडौं । नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डिसहोमले ९ वर्षमा ४ अर्ब १० करोड ९१ लाख रुपैयाँ राजस्व बुझाएको छ ।

डिसहोम मिडिया नेटर्वकले विभिन्न शीर्षकअन्तर्गत उक्त रकम बुझाएको बताएको छ । कम्पनीले भन्सारमार्फत् ८७ करोड २० लाख ११ हजार ७८, मूल्य अभिवृद्धि करबापत २ अर्ब ५२ लाख २२ हजार २ सय ९५ रुपैयाँ, रोयल्टीतर्फ १९ करोड ३५ लाख ४६ हजार ४ सय ५४ रुपैयाँ, लाइसेन्स र नवीकरणतर्फ ४ करोड ६८ लाख ३ हजार ३ सय ३४ रुपैयाँ, आयकरतर्फ ४५ करोड ३० लाख १७ हजार ४ सय रुपैयाँ र ग्राहकबाट सङ्कलित टीडीएसतर्फ ५३ करोड ८५ लाख १ हजार ६ सय ५१ रुपैयाँ सरकारलाई बुझाइसकेको कम्पनीले बताएको छ ।

हालसम्म कम्पनीले आफ्नो ग्राहक सङ्ख्या १५ लाख पु¥याइसकेको छ । डिसहोम मिडिया नेटकर्वका प्रवन्ध निर्देशक सुदीप आचार्यले १५ लाख सेट–अप बक्स बिक्री गरिसकेको बताए । उनका अनुसार प्रिपेड भुक्तानी प्रक्रियामा हाम्रो सेवा हुने भएकाले यो सक्रिय ग्राहक सङ्ख्या घटबढ हुन्छ ।

नेटवर्कका अध्यक्ष हेमराज ढकालले एक वर्षभित्र डिसहोमलाई पब्लिकमा लैजाने बताए । ‘यही वर्ष पब्लिक कम्पनीमा लैजाने योजना थियो, तर सम्भव भएन,’ उनले भने, ‘आगमी वर्षबाट कम्पनीलाई पब्लिकमा लैजाने र सँगै बोनस खाने योजना छ ।’

उनका अनुसार डिसहोमकै कारण नेपालमा डिजिटल टेलिभिजनको युग सुरु भएको हो । ‘अहिले नेपालमा धेरै च्यानलहरु डिजिटल भइसकेका छन्,’ उनले भने, ‘आफू पारदर्शी हुन डिजिटल हुनु अत्यावश्यक छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१