दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७५, बिहीबार ०४:२९

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् । झाले बुधबार सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई राजीनामा बुझाएका हुन् ।

बाँस्कोटाले गत वैशाख १५ गते दूरसञ्चार प्राधिकरणका प्रमुख झालाई पत्र पठाएर प्रशासनिकबाहेक कुनै पनि काम नगर्न निर्देशन दिएका थिए । लगत्तै सरकारले झाको नियुक्ति रद्द गरे पनि झालाई सरकारले गत भदौ २१ गते पुनः नियुक्ति गरेको थियो ।

असार २१ गते भदौ पछिका देउवा सरकारले गरेका सबै नियुक्ती खारेज गर्ने सरकारको निर्णयपछि झा पनि बर्खास्तीमा परेका थिए । त्यसलगत्तै अदालमा पुर्नवहाली माग गर्दै गएपछि थमौति गरिदिएपनि झाले मुद्दा फिर्ता लिएका थिए ।

बाँस्कोटाले गत वैशाख १५ गते दूरसञ्चार प्राधिकरणका प्रमुख झालाई पत्र पठाएर प्रशासनिकबाहेक कुनै पनि काम नगर्न निर्देशन दिएका थिए।लगत्तै सरकारले झाको नियुक्ति रद्द गरिदिएको थियो। तर, उनै झालाई सरकारले गत भदौ २१ गते पुनः नियुक्ति र्गयो ।झाले हिजो मात्रै आफूलाई राजीनामा दिन कुनै डर नरहेको अभिव्यक्ति दिएका थिए । उनको नियूक्तिको बिषयलाई लिएर नेकपा भित्रै बिबाद चर्किएपनि सरकारले झालाई राजीनामा दिन लगाएको हो ।

झाको नियुक्तीको विषयलाई लिएर सत्तारुढ नेकपाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि कडा आलोचना भएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१