अर्को चमत्कार : अब जिउँदो यौन पुतली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ पुष २०७५, बिहीबार ०४:२१

एजेन्सी । जर्मनीकी मेकअप आर्टिस्ट इभानाले आफूलाई यौन पुतलीजस्तो देखाउन शरीरमा २० पटकभन्दा बढी प्लास्टिक सर्जरी गराइसकेकी छिन् । प्लास्टिक सर्जरी गर्नुअघि आफू खासै राम्री नरहेको बताउने इभाना अझै पनि केही अंगको प्लास्टिक सर्जरी गराएर आफ्नो स्वरूपमा परिवर्तन ल्याउनुपर्ने बताउँछिन् । २६ वर्षीया इभानाले ५ पटक नाकको, ३ पटक स्तनका साथै एक–एक पटक परेला, च्यापु र कानको प्लास्टिक सर्जरी गराएकी छिन् ।

प्लास्टिक सर्जरीमार्फत उनले ल्याएको सबैभन्दा ठूलो परिवर्तन स्तनको हो । अहिले उनको स्तनको आकार ९५ जी छ । इभानाले प्लास्टिक सर्जरीमार्फत आफ्नो स्वरूपमा परिवर्तन ल्याउन १ करोड ३० लाख रुपैंयाँ डलर खर्च गरिसकेकी छिन् । सामाजिक संजालमा ‘जिउँदो यौन पुतली’ उपनाम पाएकी इभानालाई फलो गर्नेहरूको संख्या पनि निरन्तर बढिरहेको छ । वयस्क चलचित्रकी अभिनेत्री लोलो फरारीलाई आदर्श मान्ने इभानालाई अहिले प्रत्यक्ष भेट्ने वा देख्नेहरूले ‘जिउँदो यौन पुतली’ भनेरै बोलाउन थालेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१