इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन

ssapana44@gmail.com' jamuna aryal
११ पुष २०७५, बुधबार १७:२३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४-७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांशसँगै आज मूल्य समायोजन गरेको हो ।

स्टकले बैंकको शेयर लाभांश पश्चात् प्रतिकित्ता रु ५७७ मा शेयरमूल्य समायोजन भएको जनाएको छ । बैंकको औसत आधारमूल्य रु ६६७ रहेको छ ।

बैंकले आव २०७४-७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांश र २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । बैंकले यही पुस २९ गते वार्षिक साधारणसभाको आह्वान गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१