सिन्धुलीगढीमा आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि

ssapana44@gmail.com' jamuna aryal
११ पुष २०७५, बुधबार १७:१३

काठमाडौँ । नेपाली वीरताको सुनौलो इतिहास बोकेको एतिहासिक सिन्धुलीगढीमा यतिखेर आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

समुद्र सतहबाट एक हजार ५२० मिटरको उचाइमा अवस्थित सिन्धुलीगढीमा सानो र ठूलो गरी दुई वटा बेग्लाबेग्लै गढी छन् । ठूलो गढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो । त्यसबेला ठूलो गढीमा तोप, गोलाबारुद, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानीको सङ्कलन गरिन्थ्यो । सानो गढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास छ ।

मकवानपुरका सेन राजाको पालामा निर्माण गरिएका उक्त गढीमा कर सङ्कलन गर्ने प्रयोजनका लागि कार्यालयसमेत स्थापना गरिएको थियो । गढीमा शत्रुको निगरानी गर्न ११ वटा प्वाल भएको पर्खालसमेत निर्माण गरिएको थियो ।

नेपालकै अत्यन्त महत्वपूर्ण मानिएको यो एतिहासिक गढीलाई पर्यटकीय गन्तव्यका रुपमा विस्तार गर्न कमलामाई नगरपालिकाले ‘सिन्धुलीगढी निर्माण गुरुयोजना’ तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१