इन्डानेसियाले सुनामीबारे पूर्व सूचना दिने प्रणालीको विकास

ssapana44@gmail.com' jamuna aryal
११ पुष २०७५, बुधबार १०:३४

काठमाण्डौँ । इन्डानेसियाले अब समुद्रमुनि जाने पहिरोका कारण आउने सुनामीबारे पूर्व सूचना दिने प्रणालीको विकास गर्ने योजना बनाएको छ । यो प्रणालीले समुद्री छालको आकारलाई अनुगमन गरेर सुनामीबारे पूर्व जानकारी दिन सक्ने सरकारी अधिकारीले बताएका छन् ।

इन्डोनेसियाको सरकारी निकायले बीबीसीलाई बताए अनुसार सुनामीबारे पूर्व जानकारी दिने प्रणालीको विकासको काम आउँदो वर्षदेखि सुरु गरिने छ ।

इन्डोनेसियामा गएको शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४२९ पुगेको छ । 

यस प्रकोपमा एक हजार २१ जना घाइते हुनुका साथै ७७ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले जानकारी दिएका छन् । 

प्रकोपका कारण हजारौं स्थानीयवासीन्दा विस्थापित भएका छन् । ज्वालामुखी विस्फोटपछि आएको सामुद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१